२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

मधेशमा कांग्रेस र लोसपाका मन्त्रीले लिए शपथ

मधेशमा कांग्रेस र लोसपाका मन्त्रीले लिए शपथ

मधेशमा कांग्रेस र लोसपाका मन्त्रीले लिए शपथ

मधेशमा कांग्रेस र लोसपाका मन्त्रीले लिए शपथ

मधेशमा कांग्रेस र लोसपाका मन्त्रीले लिए शपथ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ४ २०८१
शुक्रवार, श्रावण ४ २०८१
  • जनकपुरधाम । लामो रस्साकस्सीपछि नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस सरकारमा सहभागी भएको छ। जनमत नेतृत्वको मधेश सरकारलाई समर्थन दिएको कांग्रेस र लोसपाका मन्त्रीहरूले शपथ लिएका छन्।

    मधेश सरकारमा कांग्रेसबाट ४ जना र लोसपाबाट १ जना सहभागी भएका छन्। कांग्रेस र लोसपाबाट नवनियुक्त मन्त्रीहरूलाई बिहीबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ गराएकी हुन्।

    कांग्रेसबाट अर्थमन्त्रीमा रौतहटका सुनिलकुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा पर्साका जनार्दन क्षेत्री, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशलकिशोर रायले शपथ ग्रहण गरेका हुन्।

    लोसपाबाट रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीको शपथ लिएकी छन्। एमालेका राजकुमार लेखीले सो मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए। लेखीलाई गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij