बुटवल ।बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा शनिबार मंसिर १२ गते स्लो बाइक रेस प्रतियोगिता आयोजना हुने भएको छ। पहिलाे पाइला नेपाल बुटवल शाखाकाे आयाेजनामा हुने प्रतियोगिता बिहान १०:३० बजे सुरु हुने छ।
प्रतियोगितामा सहभागीहरूले गति होइन, सन्तुलन र धैर्यताको प्रदर्शन गर्नुपर्नेछ। सबैभन्दा ढिलो तर सन्तुलित रूपमा बाइक चलाउने प्रतिस्पर्धी विजेता घोषित गरिनेछ।
प्रतियोगितामा विजेताले रु. ११,१११, प्रथम उपविजेताले रु. ८,१११ र द्वितीय उपविजेताले रु. ४,१११ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुकले रु. २५० प्रवेश शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
आयोजक समितिका अनुसार कार्यक्रमले युवाहरूलाई ट्राफिक नियम पालन, सुरक्षित सवारी तथा अनुशासित ड्राइभिङप्रति सचेत गराउने उद्देश्य राखिएकाे सचिव रुद्र प्रसाद खनालले जानकारी दिए ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि अध्यक्ष गोमा भट्टराई (९८४४७९०५८३), सचिव रुद्र प्रसाद खनाल (९८५७०४७१८०),कोषाध्यक्ष नरेश न्यौपाने (९८५७०७२९०४) र कार्यक्रम संयोजक सन्तोष सुनार (९८६९७५०२६०) सँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।




