काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको अध्यक्ष पदबाट पूर्वन्यायाधीश गौरीबहादुर कार्कीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतले उनीहरूलाई पदमुक्त गर्न नपर्ने भन्दै निर्देशनात्मक आदेश गरेको हो ।




