२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शिवनगर सामुदायिक वनमा जैविक मल बनाउने तालिम

शिवनगर सामुदायिक वनमा जैविक मल बनाउने तालिम

शिवनगर सामुदायिक वनमा जैविक मल बनाउने तालिम

शिवनगर सामुदायिक वनमा जैविक मल बनाउने तालिम

शिवनगर सामुदायिक वनमा जैविक मल बनाउने तालिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष १४ २०८२
सोमवार, पौष १४ २०८२
  • बुटवल । शिवनगर सामुदायिक वन उपभोक्ता समूहका १० उपभोक्तालाई दुई हप्ते जैविक मल बनाउने तालिम सुरु गरिएको छ ।


    तालिम शुभारम्भ अवसरमा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ, रूपन्देहीका अध्यक्ष श्यामकला आचार्यले विपन्न नागरिकको जीवनस्तर सुधारका लागि छनौट गरी तालिममा सहभागी बनाइएको बताइन् । उनले वनलाई समृद्धिसँग जोडेर उपयोग र संरक्षणको कार्यक्रम चलाइनुपर्ने बताइन् ।


    शिवनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मनोज गौचनले आर्थिक अवस्था कमजोर भएका उपभोक्ता छनौट गरी तालिम दिएकाले स्वरोजगार बन्ने अवसर तालिमले दिने विश्वास लिए । 


    उपभोक्ता हित संरक्षण मञ्च, रूपन्देहीका अध्यक्ष समुन्द्र जिसीले  तालिम लिएपछि व्यवहारमा कार्यान्वयन गर्नसक्दा तालिमको महत्व रहने बताए ।


    तालिमको प्रशिक्षकमा दिनेश क्षेत्री र लक्ष्मी भुर्तेल रहेका छन् ।
    संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन, वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्ता महासंघ नेपालको सहयोगमा शिवनगर सामुदायिक वन उपभोक्ता समूहमा वन तथा कृषि सहज कार्यक्रम सञ्चालन भएको छ । यही कार्यक्रमअन्तर्गत जैविक मल बनाउने तालिम सञ्चालन भएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij