२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

१७ वर्षिय इशानको मृत्यु प्रकरण : प्रहरी अनुसन्धान प्रतिवेदन ‘अपत्यारिलो’ भन्दै परिवार र स्थानीय निरन्तर आन्दोलित

१७ वर्षिय इशानको मृत्यु प्रकरण : प्रहरी अनुसन्धान प्रतिवेदन ‘अपत्यारिलो’ भन्दै परिवार र स्थानीय निरन्तर आन्दोलित

प्रहरीले गाडीको ठक्करबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धान रिपोर्ट बताएपछि मृतकका परिवार र सिंगो गाउं दुर्घटना नभई योजनावद्ध हत्या भन्दै दुई सातादेखि प्रहरी– प्रशासन कार्यालय घेराउ गर्दै निरन्तर आन्दोलित छन् ।

१७ वर्षिय इशानको मृत्यु प्रकरण : प्रहरी अनुसन्धान प्रतिवेदन ‘अपत्यारिलो’ भन्दै परिवार र स्थानीय निरन्तर आन्दोलित

१७ वर्षिय इशानको मृत्यु प्रकरण : प्रहरी अनुसन्धान प्रतिवेदन ‘अपत्यारिलो’ भन्दै परिवार र स्थानीय निरन्तर आन्दोलित

प्रहरीले गाडीको ठक्करबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धान रिपोर्ट बताएपछि मृतकका परिवार र सिंगो गाउं दुर्घटना नभई योजनावद्ध हत्या भन्दै दुई सातादेखि प्रहरी– प्रशासन कार्यालय घेराउ गर्दै निरन्तर आन्दोलित छन् ।

१७ वर्षिय इशानको मृत्यु प्रकरण : प्रहरी अनुसन्धान प्रतिवेदन ‘अपत्यारिलो’ भन्दै परिवार र स्थानीय निरन्तर आन्दोलित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • जगिलाल थापा - बुटवल। रुपन्देहीको कञ्चन गाउँपालिकाका १७ वर्षिय ईशान शर्माको शंकास्पद मृत्युको १४ दिनसम्म शब उठ्न सकेको छैन । कञ्चन गाउंपालिका वडा नं ३ धौलागिरीचोक घर भएका इशानको शब पुस ३ गतेदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा छ । 

    इशान स्थानीय बुद्धदीप बोर्डिङ स्कूलमा कक्षा ११ मा अध्ययनरत थिए । उनी तेक्वान्दो खेलाडी र प्रशिक्षक समेत थिए । पुस २ गते इशान पढाई सकेर स्कूलबाट घर आएर  पुनः तेक्वान्दो सिकाउन विद्यालय पुगेका र फर्केर जिम हाउस गएका थिए । तर सांझ घर फर्केका थिएनन् ।

    अर्को दिन इशानको शब आफ्‌नै घरबाट  डेढसय मिटर उत्तरमा सडक किनारको नाली मुनि पुस ३ गते भेटिएको थियो । प्रहरीले गाडीको ठक्करबाट पुस २ गते सांझ इशानको मृत्यु भएको र ३ गते शब फेला परेको प्रारम्भिक अनुसन्धान रिपोर्ट परिवारजनलाई बताएपछि परिवार र स्थानीयले त्यसलाई अस्वीकार गर्दै योजनावद्ध हत्या भएको दावी गरेका छन् । 

    मृतक इशानको परिवारले मंगलबार घरमै पत्रकार सम्मेलन गरी गाडीको ठक्करबाट मृत्यु भएको भन्ने प्रहरीको भनाई पत्यारलाग्दो नभएको तर्क गरेका छन् ।

    मृतकको बुबा अर्जुन शर्माले प्रहरीले घटनाका वास्तविक दोषीलाई उम्काउन नक्कली (डमी) घटना देखाउन गाडीको ठक्करबाट इशानको मृत्यु भएको प्रारम्भिक अनुसन्धान प्रतिवेदन जानकारी गराएको बताए । प्रहरीले ‘इशानको शब ढक्कन भएको नाली मुन्तिर लुकाइएको अवस्थामा भेटिनु, ठक्कर दिएको भए गाडीको ब्रेक लागेर टायर घिस्रिएको र रगतको कुनै दाग सडकमा हुनुपर्नेमा त्यो नभएको र गाडी चालकले बयानमा इशानलाई ठक्कर दिएको बयान नदिएको हुंदा यो दुर्घटना हुंदै होइन,हत्या हो’–शर्माले भने–‘ढक्कन भएको नालीमुनि खुट्टा पसारेर सुतेको अवस्थामा डेथबोडी (शब) कसरी पुग्न र रहन सक्छ ? यसबाटै यो दुर्घटना हो भन्ने पत्याउन सकिन्न ।’

    शर्माले छोराको अन्यत्र हत्या गरेर शवलाई घर नजिकै नालीमुनि ल्याएर राखिदिएको दावी गरे । यदि आफ्‌नो गाडीको ठक्करबाट मृत्यु भएको भए चालकमा सहानुभूतिको भाव हुनुपर्नेमा पटक्कै नभएको बरु हांसेर कुरा गर्ने गरेकाले पनि नक्कली दोषी खडा गरिएको आशंकालाई बल पुगेको शर्माको तर्क छ ।


    ‘यो घटनामा वास्तविक दोषी उम्काउन हाई प्रोफाइलकै संलग्नताको आशंका छ,कतै निर्मला पन्तको हत्या जस्तै दोषी पत्ता नलाग्ने हुन् कि भन्ने डर छ’–उनले भने–‘वास्तविक दोषी उम्किने हो भने सिंगो गाउं असुरक्षित हुन्छ,भविष्यमा पनि यस्ता घटना दोहोरिन्छन् ।’ 

    इशानकी आमा रमा शर्माले आफ्‌नो परिवारको सहारा गुमेको तर गाडीको ठक्करबाट मृत्यु भएको विश्वास नलाग्दा शब बुझ्‌न अस्वीकार गरेको बताइन् । १४ औं दिनसम्म घटनाको विश्वसनीय कारण पत्ता नलाग्दा दुई सातासम्म निदाउन नसकेको गुनासो गर्दै निष्पक्ष छानवीन गरी न्याय दिन सरकारसंग माग गरिन् । 

    मृतकका ठूलो बुबा पुष्पराज शर्माले प्रहरीको अनसन्धानमा चित्त नबुझेको तर्क गर्दै प्रभावकारी अनुसन्धान गर्न मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर ध्यानाकर्षण गराइएको बताए । 

    इशानले सानै उमेरमा तेक्वान्दोमा राम्रो प्रगति गरेको र केही समयअघि उनी पढ्ने स्कूलको गेट बाहिर साथीसंग विवाद र धक्कामुक्का भएको र उसले मार्ने धम्की समेत दिएकाले घटनाको वहुआयामिक कोणबाट अनुसन्धान गर्न परिवारले माग गरेको छ । 

    घटनाको सत्य तथ्य अनुसन्धान गरी वास्तविक दोषी पत्ता लगाउन दबाब दिन उनीहरूले पटक पटक इलाका प्रहरी कार्यालय रुद्रपुर र सल्लझण्डी हुँदै  जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा पुगेर धर्नासहित नाराबाजी गरेका छन् ।

    ईलाका प्रहरी कार्यालय बुटवलमा कञ्चन गाउँपालिकाका जनप्रतिनिधी र मृतकका आफन्तको उपस्थितिमा ईशानको मृत्यु कुनै व्यक्तिबाट हत्या भएको नभई लु २ ख ४९४८ नम्वरको फोर्स गाडीले ठक्कर दिई मृत्यु भएको प्रारम्भिक प्रतिवेदन प्रहरीले सार्वजनिक गरेको थियो ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सूरज कार्कीले प्रारम्भिक रुपमा प्राप्त प्रमाणका आधारमा गाडीको ठक्करबाट मृत्यु भएको पाइएको, चालक सन्तोष खत्रीले बयानमा पनि स्वीकार गरेकाले चालकसहित तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

    चालक सत्य वा झुठ बोलेको प्रमाणित गर्न एक दुई दिनमै पोलिग्राफी जांच हुने क्रममा रहेको कार्कीले बताए । उनले राज्यका निकायले गरेको अनुसन्धान निष्पक्ष र विश्वसनीय रहेको भन्दै विश्वास गर्न पीडित पक्षलाई आग्रह गरे ।

    इशानका साथी कालिका मानवज्ञान माविका कानूनका विद्यार्थी निश्चल भट्टराईले प्रहरीको प्रारम्भिक प्रतिवेदनमा वस्ती नजिकै भएको दुर्घटनाबारे स्थानीय कसैले नदेखेको, शब व्यवस्थापनको पक्ष प्रहरी प्रतिवेदनमा उल्लेख नहुनु, पैदल हिंडेका इशानको मोबाइल शब भन्दा टाढा रुख मसनि भेटिनु, अस्पताल र प्रहरीबाट मृतक परिवारलाई १४ दिनसम्म आधिकारिक रिपोर्ट नदिनु,गाडीको ठक्करबाट मृत्यु भएको भए सडक र शब भएको ठाउंमा रगत बगेको हुनुपर्नेमा नभएको, पोष्टमार्टम रिपोर्टमा धारिलो हतियारले प्रहार गरेको उल्लेख नभएको जस्ता तथ्यले गाडीको ठक्करबाट मृत्यु भएको भन्ने भनाईमा सत्यता नभएको र योजनावद्ध हत्या भएको हुनसक्ने आशंकामा बलियो आधार देखिएको बताए । 

    पुस २ गते देखि परिवारसंग सम्पर्क विहिन भएका ईशान अर्कोदिन ३ गते घर नजिकैको नालीमा टाउको पछाडी गम्भिर चोट र आँखा फोडिएको अवस्थामा मृत अवस्थामा  भेटिएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij