२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जितेश्वरी जीवनयोग प्रयोगशालाको बनभोज : मन्दीरमा भजनकिर्तन

जितेश्वरी जीवनयोग प्रयोगशालाको बनभोज : मन्दीरमा भजनकिर्तन

जितेश्वरी जीवनयोग प्रयोगशालाको बनभोज : मन्दीरमा भजनकिर्तन

जितेश्वरी जीवनयोग प्रयोगशालाको बनभोज : मन्दीरमा भजनकिर्तन

जितेश्वरी जीवनयोग प्रयोगशालाको बनभोज : मन्दीरमा भजनकिर्तन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • बुटवल । चिसो महिना शुरु हुँदै गर्दा जताततै बनभोजहरु हुने गरेका छन् । मासुजन्य परिकार खाने, स्पीकरमा नेपाली तथा बिदेशी गीत सुन्दै होहल्ला गर्दै रामाउने गरिन्छ । 


    तर बुटवलको एउटा संस्थाले मन्दिरमा बनभोज गर्दै भजनकिर्तन गर्दै मनाएको छ । जितगढी टोल विकास संस्था बुटवल १३ मा रहेको जितेश्वरी जीवनयोग प्रयोगशालाका सदस्यहरुको सहभागितामा बनभोज गरि मनाईएको हो । जितगढी भजन समुह र  देबि देउराली भजन समुहले भजन किर्तन गर्दै मनाइएको हो । 


    सो अवसरमा बोल्दै बुटवलका जनप्रतिनिधि मन्दिरादेवी गौडेलले यस्ता किसिमका कार्यक्रमले समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्दै सामाजिक एकता प्रबद्र्धनमा ठूलो भूमिका खेलेका बताईन् । 


    प्रयोगशाला तथा टोलबिकास संस्थाका अध्यक्ष तारा प्रसाद गौडेलले २०८१ असोजदेखी निरन्तर योग प्रशिक्षण प्रदान गर्दै आएको बताउँदै दैनिक ३० जनाभन्दा बढी नियमित योगा गर्न आएको बताए । 


    यस किसिमका साँस्कृतिक र धार्मिक कार्यक्रमले परम्परा, सांस्कृतिक पहिचान र युवा पुस्तालाई आध्यात्मिक मार्गप्रशस्त गर्ने पक्षमा योगदान पुर्याउने अपेक्षा व्यक्त गरिएको जितगढी पाणिणी उद्यानका अध्यक्ष ऋषि आजादले बताए । 


    गुरु हरि पोखरेलले अहिले स्वास्थ प्रती सचेतना बढेको बताउँदै अहिले दैनिक डेढ घण्टा निशुल्क कक्षाहरु हुँदै आएकोबताए । जीवन विज्ञान प्रतिष्ठानमार्फत खोलिएका यस्ता प्रयोगशालाले नागरिक जोडिदै जाने र स्वास्थ्य, शिक्षामा राम्रो प्रभाव पार्ने जनाए । 


    सो अवसरमा गुरुहरु केशव खनाल, कपिल गौतम, पदम बस्याल, दिल शर्मा घिमिरे, योगेन्द्र उपाध्याय र सरस्वती मरासिनी, कार्यक्रम संयोजक पवित्रा बस्याल लगायतले बोलेको सचिव केशव पौडेलले जानकारी दिए । 


    सो अवसरमा शुद्ध सहाकारी भोजन समेत खुवाईएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij