२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

व्यापार संघमा दुई वस्तुगत उप–समिति गठन

व्यापार संघमा दुई वस्तुगत उप–समिति गठन

व्यापार संघमा दुई वस्तुगत उप–समिति गठन

व्यापार संघमा दुई वस्तुगत उप–समिति गठन

व्यापार संघमा दुई वस्तुगत उप–समिति गठन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • बुटवल । आफ्नो वार्षिक कार्यतालिकाअन्तरगत रुपन्देही व्यापार संघले आफूसँग आबद्ध विभिन्न प्रकृतिका व्यवसाय सञ्चालन गर्ने व्यवसायी सदस्यहरुलाई गोलबन्द गर्ने लक्ष्यअनुसार वस्तुगत भेलालाई तीव्रता दिएको छ । यसैक्रममा बिहीबार संघमा आबद्ध औषधि तथा क्याम्सन व्यावसायीहरुको छुट्टाछुटै भेला सम्पन्न भएको छ । 


    भेलाले राजकुमार श्रेष्ठको संयोजकत्वमा १४ सदस्यिय औषधि वस्तुगत उप–समिति गठन गरेको छ । संघको सचिवालयमा भएको भेलाले गठन गरेको उप–समितिको सह–संयोजकमा निरु पैनी, सचिवमा अमृता भण्डारी, कोषाध्यक्षमा लेखनाथ न्यौपाने र सह–सचिव प्रकाश क्षेत्री रहेका छन् ।


     यसैगरी सदस्यहरुमा प्रेमप्रसाद पौडेल, शेषकान्त पोखरेल, ज्ञानु पुन, भक्तप्रसाद शर्मा, उमेशचन्द्र आचार्य, बालकृष्ण पौडेल, डासीराम मरासिनी, सृजना अर्याल, शंकर वराल रहेका छन् । यसैगरी यदुमणि पोखरेलको संयोजकत्वमा ९ सदस्यीय क्याम्सन वस्तुगत उप–समिति गठन गरिएको छ । 


    जसको सह–संयोजकमा राजिव गौतम, सचिवमा रविन्द्र कुँवर, कोषाध्यक्षमा सुनिल बेल्वासे, सह–सचिवमा सुरेश पन्थी तथा सदस्यहरुमा कृष्ण अर्याल, शंकरप्रसाद पाण्डे विरेन्द्र सिंह लिम्बु, मेघनाथ गौतम रहेका छन् । सल्लाहकारमा विजय खनाल, दिपक भट्टराई, दिपक खनाल, ऋषिराम अर्याल, किसनप्रसाद पाण्डे रहेको संघले जनाएको छ । 


    कार्यक्रमका प्रमुख अतिथि रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले पेशागत मर्यादा र उपभोक्ताहरुको चाहानालाई ध्यानमा राखेर व्यवसायलाई अगाडी बडाउन सकेमा त्यसले प्रतिफल दिने बताउँदै संस्थागत हित र संस्थाको सुदृढिकरणका लागि आआफ्नो ठाउबाट भूमिका खेल्न आग्रह गरे । 


    भेलामा संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारी, प्रथम उपाध्यक्ष ऋषिराम पाण्डे, महासचिव प्रकाशराज पौडेल, महिला सचिव वृन्दा भट्टराई आचार्य, कार्यसमिति सदस्य शोभाकुमारी जोशी क्षेत्रीलगायतले उप–समितिको सकृयता र क्रियाशिलताले नै संघ चलायमान हुने हँुदा उप–समितिलाई व्यवसायिक गतिविधि गर्न सुझाव दिएका थिए । 


    संघका सह–सचिव तथा वस्तुगत उपसमिति गठन तथा पुर्नगठनका संयोजक नलराज नेपालले सबै व्यवसायीहरुलाई एकताबद्ध भएर व्यवसायीका समस्या र आवश्यकताहरुको पहिचान गरी त्यसको समाधान गर्न लाग्नुपर्नेमा जोड दिए । 


    औषधि वस्तुगत उपसमितिका संयोजक कपिल ज्ञवाली र क्याम्सन वस्तुगत उपसमितिका संयोजक दिपक खनालको अध्यक्षता, निरु पैनीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा संघका कार्यसमिति सदस्य केदार नेपालले स्वागत गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij