२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

देवदह सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा

देवदह सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा

देवदह सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा

देवदह सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा

देवदह सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • देवदह । देवदहलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा गरिएको छ । देवदह नगरपालिकाको आयोजना र मानवसेवा आश्रम मानवता प्रवद्र्धन महाअभियान रुपन्देहीको सहयोगमा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा गरिएको हो । 


    योसँगै रुपन्देही जिल्लामा ३ वटा पालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा गरिएको छ । मानवसेवा आश्रमले रुपन्देहीमा अहिलेसम्म ५१ जनालाई सडकआश्रित मानवलाई उद्दार गरिएको टिका थापाले जानकारी दिए । सो अवसरमा देवदह नगरपालिका र मानवसेवा आश्रमबिच सम्झौता भएको छ । 


    देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेल र मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सहयोगापेक्षी बेसहारा सडकमानव मुक्त देवदह नगरपालिका र घोषणापश्चात्को पूर्ण कार्यान्वयनका लागि नगरपालिका र मानवसेवा आश्रमबिच सडक आश्रित सहयोगापेक्षी बेसहारा मानवहरुको व्यवस्थापन गर्ने गरी सम्झौत गरिएको हो । 
    देवदह नगरपालिकालाई एक कार्यक्रमकाबिच जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपार्इंले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणाको प्रमाणपत्र प्रदान गरेका हुन् । सो अवसरमा बोल्दै प्रमुख चपाईंले मानवीय सेवा नै सबैभन्दा ठूलो धर्म भएकोले सडकमा आश्रित मानवको व्यवस्थापनमा सबै लाग्नु पर्नेमा जोड दिए ।  देशको राजनैतिक परिस्थितिका कारण रोकिएको कामलाई तीव्रता दिएकोले माघ महिनाभित्र जिल्लालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषण गर्ने उनले जनाए । 


    देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, नेपाली कांग्रेसका नगर सभापति गुनाखर भुर्तेललगायतले आ–आफ्ना भनाइ राखेका थिए । उप–प्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र पर्शुराम ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij