२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

देवस्थल मन्दिरको १५ औं वार्षिकोत्सब सम्पन्न

देवस्थल मन्दिरको १५ औं वार्षिकोत्सब सम्पन्न

देवस्थल मन्दिरको १५ औं वार्षिकोत्सब सम्पन्न

देवस्थल मन्दिरको १५ औं वार्षिकोत्सब सम्पन्न

देवस्थल मन्दिरको १५ औं वार्षिकोत्सब सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित ऐतिहासिक तथा धार्मिक स्थल देवस्थल मन्दिरको १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

     मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष पुष्पा शर्माको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

    साधारण उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले धार्मिक स्थलहरुलाई प्रचार गर्न सके पर्यटकहरुलाई आर्कर्षित गर्न सकिने बताए ।उनले नेपाल धर्म, संस्कृतिमा अग्रणी रहेको समेत बताए ।

    कार्यक्रममा अध्यक्षको प्रतिबेदन पेश गर्दै अध्यक्ष पुष्पा शर्माले मन्दिरको पश्चिम पट्टी बहुउद्देश्यीय भवन निर्माणका लागि पहल गरिने बताईन ।

    उनले मन्दिरलाई थप आर्कषणको केन्द्र बनाउन विज्ञहरुबाट सुझाव संकलन गरी गुरुयोजना बनाउने र यसलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने योजना रहेको बताईन ।

    साथै उनले मन्दिर परिसरमा रहेका अधुरा योजनालाई सक्दो छिटो सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाईन । कार्यक्रममा बसन्त राना, शान्ती घिमिरे, सल्लाहकार टुक बहादुर क्षेत्री, भरत पाठक, अशोक गुरुङ, ज्योति अर्याल, नहकुल शाही ठकुरी लगाएतले बोलेका थिए।

    कार्यक्रममा जंग बहादुर शाह, टेकनारायण अधिकारी, रामचन्द्र ज्ञवाली, डिल्ली नारायण पाण्डे, पिताम्बर न्यौपाने, गुणाधिनी अर्याल, उषादेवि भट्राई, पुरुषोत्तम गौतम, रघुनाथ पौडेल, लालमणी न्यौपाने लाई जेष्ठ नागरिकको रुपमा सम्मान गरिएको थियो ।

    त्यस्तै भिमकला न्यौपाने, देवीलाल पौडेल, खगेन्द्रनाथ भट्राई, क्रृषिराम पाण्डे, लोककुमारी पाण्डे, धन प्रसाद पाण्डे, झनकुमारी पाण्डे र खड्ग प्रसाद अधिकारीलाई पनि सम्मान गरिएको थियो ।

    कार्यक्रममा लेखा संयोजक विश्वबन्धु न्यौपाने र कोषाध्यक्ष बद्री प्रसाद अर्यालले प्रतिबेदन प्रस्तुत गरेका थिए ।

    मन्दिर व्यवस्थापन समितिका बरिष्ठ उपाध्यक्ष कमल नेपालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव रनमाया चापागाईले गरेकी थिईन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij