२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सिद्धार्थ पव्लिकेशन प्रालिको वार्षिक साधारणसभा सम्पन्न

सिद्धार्थ पव्लिकेशन प्रालिको वार्षिक साधारणसभा सम्पन्न

सिद्धार्थ पव्लिकेशन प्रालिको वार्षिक साधारणसभा सम्पन्न

सिद्धार्थ पव्लिकेशन प्रालिको वार्षिक साधारणसभा सम्पन्न

सिद्धार्थ पव्लिकेशन प्रालिको वार्षिक साधारणसभा सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • बुटवल । सिद्धार्थ पव्लिकेशन प्रालिको वार्षिक साधारणसभा सम्पन्न भएको छ । आईतबार बुटवलमा एक समारोहका बिचमा संस्थाको वार्षिक साधारणसभा मनाईएको हो । सिद्धार्थ पव्लिकेशन प्रालिद्वारा प्रकाशित राष्ट्रिय दैनिक लुम्बिनी ३८ औँ वर्ष प्रवेशको अवसरमा प्रालिको साधारणसभा मनाईएको हो । 

    साधारण सभामा संस्थाका अध्यक्ष मोहन चापागाईंको वार्षिक प्रतिवेदन, भावि कार्ययोजना, प्रगति विवरण, लेखा प्रतिवेदन पारित समेत भएको थियो । 

    निजि क्षेत्रबाट निरन्तर प्रकाशित पहिलो पत्रिका अहिलेसम्म ३८ औँ वर्षसम्म पुगेको बताउँदै यसलाई यहाँसम्म पुराउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन समेत गरे । सो अवसरमा बोल्दै अध्यक्ष चापागाईंले संस्थापक सम्पादक स्व. कर्ण बहादुर कार्की, पूर्व अध्यक्ष तथा प्रवन्ध निर्देशक स्व. ऋषि ज्ञवाली लगायतका पूर्व नेतृत्वकर्ताका कारणले यहाँसम्म आईपुगेको बताए । 

    पूर्व अध्यक्ष एवं सञ्चालक मान बहादुर विश्वकर्माले अहिलेको विषम परिस्थीतिमा पनि पत्रिकालाई बलियो रुपमा बनाउन सञ्चालक मात्रै नभई शेयर सदस्यहरुको परिश्रमबाट अहिलेसम्म भएको बताए । सञ्चालक महेश्वर रिजालले पत्रिका र कम्पनी यहाँ सम्म ल्याईपुर्याउने अहिलेका र यस अघि योगदान दिईएका ब्यक्तिहरुको चर्चा र स्मरण गरेका थिए । 

    सञ्चालक सिमा पौड्यालले लगानी रहेको कार्यालयमा सहभागि हुन आग्रह गरिन् । 

    सो अवसरमा शेयर सदस्य राजु पाण्डेले नयाँ मिडियालाई फरक धार बनाएर चलाउनुपर्ने बताउँदै आवश्यक सहयोगको लागि प्रतिबद्धता ब्यक्त गरे । 

    शेयर सदस्य पदम कार्किले राष्ट्रिय एकता दिवसको सन्दर्भमा साधारणसभा मनाईएको बताउँदै उनले पत्रिका प्रतिको मोह बढि रहेको बताए । उनले स्मृतिमा आफ्‌नो योगदानको स्मरण भईरहने बताए । 

    शेयर सदस्य महेन्द्र राज शाक्यले पत्रिकाले राम्रो गरेको बताउँदै थप सफलताको शुभकामना दिए । यो मन्दीको समयमा पनि पत्रिकाको प्रगति राम्रो भएको बताउँदै मिडिया बचाउनु हाम्रो उत्तरदायीत्व रहेको बताए । 

    शेयर सदस्य सविता पन्त पराजुलीले समय समयमा पत्रिकामा पुगेर कामको अवलोकन र नयाँ नयाँ योजनामा सहयोग गर्न आग्रह गरिन् । 

    साधारणसभामा टिका बहादुर गोदार, दिलिप कुमार कार्की, राधिका थापा क्षेत्री (बिन बहादुर कुँवर) लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij