२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

हरिनास गाउँपालिका अख्तियारको घेराबन्दीमा

हरिनास गाउँपालिका अख्तियारको घेराबन्दीमा

हरिनास गाउँपालिका अख्तियारको घेराबन्दीमा

हरिनास गाउँपालिका अख्तियारको घेराबन्दीमा

हरिनास गाउँपालिका अख्तियारको घेराबन्दीमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • श्रीकृष्ण सिग्देल
    स्याङ्जा 
    गाउँपालिकाले अवैध रुपमा राष्ट्रिय वन क्षेत्रमा ढुङ्गा संकलन गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । स्याङ्जाको हरिनास गाउँपालिका ५ स्थित कुरुङ्खा भन्ने स्थानमा राष्ट्रिय वन क्षेत्रमा गाउँपालिकाले डोजरलगायतका सवारी साधन प्रयोग गरी ढुङ्गा संकलन गरिएको विषयमा अख्तियारको कार्यालय पोखरा उजुरी परेको हो । डिभिजन वन कार्यालय स्याङ्जाको कार्यक्षेत्र भित्र रहेको राष्ट्रिय वनक्षेत्रमा आयोजनाको नाममा गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले डोजरलगायतका सावरीसाधन प्रयोग गरी ढुङ्गा संकलन गरेको खुलेको छ । 


    बेला–बेलामा विवादमा पर्दै आएको गाउँपालिका यो पटक अवैध रुपमा ढुङ्गा संकलनको गम्भीर आरोपसहित अख्तियार अनुसन्धान दुरुपयोग आयोगको कार्यालय पोखरामा उजुरी परेको छ । अख्तियारको कार्यालयले गाउँपालिकालाई राष्ट्रिय वनक्षेत्रमा संकलन गरिएको ढुङ्गा संकलनका बारेमा पत्र काटेर जवाफ माग गरेको बताइएको छ । यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई टेलिफोन गरेर बुझ्न खोज्दा फोन उठाएनन् । 


    यसभन्दा अगाडि राष्ट्रिय वनक्षेत्रमा पालिकाले ढुङ्गा संकलन गरिरहेको उजुरी डिभिजन वन कार्यालयमा परेको थियो । वन कार्यालयले समेत अनुगमन गरी यस बिषयमा अनुसन्धान गरिरहेको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित डिभिजन वन कार्यालयका कर्मचारीसहितको टोलीले अनुगमन गरेको जनाएको छ । सडक फराकिलो बनाउन पालिकाले योजना छुट्टाएको र उपभोक्ता समितिमार्फत् काम गरेको पालिकाले दाबी गरेको छ । तर उक्त योजना सम्झौता समेत नगरी गाउँपालिकाका अध्यक्ष मानन्धरले डोजर प्रयोग गरी ढुङ्गा संकलन गरेका थिए । गाउँपालिकाकै अध्यक्षको लापरबाहीका कारण अवैध रुपमा ढुङ्गा संकलन गरिएको स्थानीयले आरोप लगाएका छन् । 


    सरकारी ट्याक्टरको समेत दुरुपयोग गरेको आरोप गाउँपालिकाका अध्यक्ष मान्धरलाई लागेको छ । उपभोक्त समितिबाट वा ठेक्कमा हुने विकासे आयोजनामा पालिकाको ट्याक्टर प्रयोग गरी चरम दुरुपयोग गरेको स्थानीयले जनाएका छन् । 


    ट्याक्टरको भाडा समेत नउठाई राजस्वमा समेत चुहावट गरेको आरोप उनलाई लागेको छ । उपभोक्तामार्फत् सडक फराकिलो बनाउने काम गरिएको पालिकाले दाबी गरे पनि वडा कार्यालयलाई भने यो विषयमा थाहा नभएको बताइएको छ । अहिले अख्तियारले डिभिजन वन कार्यालयलाई पत्र पठाएको र वन कार्यालयले पालिका र वडा कार्यालयलाई पठाएको पत्र अनुसार छुट्टाछुट्टै पत्र काटेको बुझिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij