२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

विशेष महाधिवेशनपछि कांग्रेसले राष्ट्रिय पुनर्जागरण अभियान चलाउने

विशेष महाधिवेशनपछि कांग्रेसले राष्ट्रिय पुनर्जागरण अभियान चलाउने

विशेष महाधिवेशनपछि कांग्रेसले राष्ट्रिय पुनर्जागरण अभियान चलाउने

विशेष महाधिवेशनपछि कांग्रेसले राष्ट्रिय पुनर्जागरण अभियान चलाउने

विशेष महाधिवेशनपछि कांग्रेसले राष्ट्रिय पुनर्जागरण अभियान चलाउने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  •  काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

     

    पार्टीका महामन्त्री गगनकुमार थापाले बन्दसत्रमा प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा राष्ट्रिय पुनर्जागरण अभियान चलाउने उल्लेख छ ।

    ‘नेपाली कांग्रेसको यो विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरेको छ । यसको मुख्य उद्देश्य निराशा, घृणा, प्रतिशोधको राजनीतिलाई परास्त गर्दै जनताको हृदयमा आशा, विश्वास र सुरक्षको दियो जगाउनु राजनीतिलाई जनमुखी, समाजकेन्द्रित बनाउन, आम नागरिकमा गुम्दै गएको आत्मविश्वास र राष्ट्रिय स्वाभिमानलाई जनमुखी र समाजकेन्द्रित बनाउन, आम नागरिकमा गुम्दै गएको आत्मविश्वास र राष्ट्रिय स्वाभिमानलाई पुनर्स्थापित गर्नु तथा लोकतान्त्रिक संस्कारको प्रवर्द्धन गर्नु हो,’ प्रतिवेदनमा भनिएको छ ।

    अभियानले व्यक्तिगत स्वार्थ र गुटबन्दीको अन्त्य गर्दै विभिन्न पुस्ता, क्षेत्र र समाुदायबीच आपसी संवाद र सहकार्य सुदृढ गर्ने र राष्ट्रिय आत्मविश्वास एवं सामाजिक एकता तथा सद्भावलाई अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ ।

    पुनर्जागरण अभियानमा पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरूलाई राजनीतिक तथा सामाजिक–सांस्कृतिक जिम्मेवारीका साथ परिचालन गरिने महामन्त्री थापाले उल्लेख गरेका छन् ।

    ‘यसले घृणा, द्वेष, प्रतिशोधबाट समाजलाई माथि उठाएर राष्ट्रका साझा मुद्दामा साझा दृष्टिकोण निर्माण गर्न भूमिका निर्वाह गर्नेछ, राष्ट्रिय स्वाभिमान बढाउनेछ  र अन्तरपुस्ता सहकार्य र अन्तरतह समन्वयको वातावरण सिजृना गर्नेछ,’ थापाले प्रतिवेदनमा भनेका छन्, ‘संविधानको आधारशीलामा उभिएर समुन्नति, स्वतन्त्रता र समानतालाई प्रवर्द्धन गर्ने मार्गचिका साथ आम नागरिकको हृदयमा नौलो जागरण र भरोसाको किरण छर्नेछ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij