२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सिंहदरबारमै बस्नेछ राष्ट्रिय सभाको बैठक

सिंहदरबारमै बस्नेछ राष्ट्रिय सभाको बैठक

सिंहदरबारमै बस्नेछ राष्ट्रिय सभाको बैठक

सिंहदरबारमै बस्नेछ राष्ट्रिय सभाको बैठक

सिंहदरबारमै बस्नेछ राष्ट्रिय सभाको बैठक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • काठमाडौं । राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने भएको छ ।

    संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सिंहदरबारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ ।

     


    जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनसमेत जलेको छ । त्यसपछि वैकल्पिक रुपमा सिंहदरबारमै राष्ट्रिय सभाको बैठक राख्ने गरी व्यवस्थापन गरिएको हो ।

    कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई सभाको बैठक राख्ने गरी व्यवस्थापन गरिएको छ । प्रवक्ता गिरी भन्छन्, ‘९० प्रतिशत सकियो । बाँकी काम पनि माघ ४ अगाडि नै सकिन्छ ।’

    सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउने निर्णय गरिसकेको छ । यसका लागि मन्त्रिपरिषद्‌बाट निर्णय गरेर अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

    सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । यसअनुसार सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

    जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको बैठक बस्न लागेको हो । २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनपछि अन्तरिम सरकार बन्यो र प्रतिनिधिसभा विघटन गर्‍यो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिले गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका थिए ।

    संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको अधिवेशनका लागि विजनेसहरू पनि छन् । केही विधेयक र सरकारले ल्याएका अध्यादेशहरू रहेका छन् ।

    त्यसका अलावा संसदीय समितिका अध्ययन प्रतिवेदन र वार्षिक प्रतिवेदनहरू समेत रहेका छन् । अधिवेशन सुरु भएपछि सांसदहरूले संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याउन सक्छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij