२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने

थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने

थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने

थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने

थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२

  • काठमाडौं । थारू समुदायले पुस ३० गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव २०८२’  मनाउने भएको छ ।

    सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै टुँडिखेलमा दुई दिन माघी महोत्सव  मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याण कारिणीसभाका अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए ।

    उनले महोत्सव मूल समारोहको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने पनि जानकारी दिए ।

    महोत्सवले थारू संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्दै आन्तरिक एवं बाह्य पर्यटकलाई महोत्सवमा सहभागि गराई मुलुकको अर्थतन्त्रमा विकास गर्नमा सहयोग पुर्याउने लक्ष्य राखेको समेत उनको भनाइ छ ।

    उनका अनुसार झाँकी र्याली प्रदर्शन, मूल समुद्घाटन समारोह, विविध थारु सांस्कृकित प्रश्तुती, थारु खानपिन प्रदर्शनी एवं विक्री, सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं विक्री महोत्सवका मुख्य आकर्षण रहेका छन् ।

    महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत ९मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाच० सहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतको प्रस्तुती रहने उनले बताए ।

    महोत्सवमा थारू जातिले माघीपर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाइमुरी, भुजा, बन्डी जाँडको झोल, दारू, केराको तरूवा, सखरखण्ड, खरिया, सुँगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोघी, गङ्गटो, सिधरा, मसुलार) समेत रहनेछन् । थारु समूदायले माघिलाई नयाँ वर्षको रुपमा मनाउँदै आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij