२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनचाँदी व्यवसायी संघको साधारणसभा

सुनचाँदी व्यवसायी संघको साधारणसभा

सुनचाँदी व्यवसायी संघको साधारणसभा

सुनचाँदी व्यवसायी संघको साधारणसभा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघ रूपन्देहीको सोमबार बुटवलमा सम्पन्न छैठौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा बोल्ने वक्ताहरुले देशको जटिल राजनीति अवस्था, विश्वबजारमा सुनको मूल्यवृद्धि भ्याट र २ प्रतिशत बिलासिता कर जस्ता विषयको कारण व्यवसायीहरु पलायनको अवस्थामा पुगेको बताएका हुन् ।


    कार्यक्रमको उद्घाटन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष धु्रवकुमार गहतराजले राज्यबाट फरक ढंगबाट अनुगमन गरिरहेको बताउँदै यसकै आधारमा कर तोक्ने जस्ता काम भएको बताए । स्थापनाकाल देखिबाट नै भएको कारोबारलाई जोड्दै सञ्चालक र परिवारको समेत खाता हेर्ने जस्ता काम भैरहेको उनले बताए । माघ १ गतेबाट ५ लाखभन्दा बढीको बिल नहुने जस्ता सरकारबाट लगाइएको बन्देजका कारण व्यवसाय गर्न नसकिने अवस्था सृजना भएको उनले बताए ।


    कार्यक्रममा संस्थाको प्रगति विवरण पेश गर्दै अध्यक्ष गोकुल विश्वकर्माले व्यवसायीहरुको हकहित र क्षमता अभिवृद्धिमा भएका गतिविधिबारे प्रकाश पारे । समस्यामा परेका व्यवसायीलाई सहयोग, सामाजिक उत्तरदायित्वअन्तर्गत खेल गतिविधि, राहतकोष स्थापना गरी सहयोग हस्तान्तरण गर्दै आएको उनले बताए । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य तथा संघका निवर्तमान अध्यक्ष दिपककुमार विश्वकर्माले सुन व्यवसायमा देखिएको समस्या उठान गर्दै समाधानका पाटाहरुबारे प्रकाश पारे । 


    कार्यक्रममा महासंघका केन्द्रीय सदस्य चेतनारायण विश्वकर्मा, पूर्व केन्द्रीय उपाध्यक्ष जोगलाल बिक, उपाध्यक्ष कृष्णबहादुर सुनार, कोषाध्यक्ष दलबहादुर रिसाल, सचिव चुरामणी विकले सुनचाँदी व्यवसायीहरुप्रति राज्यको दृष्टिकोण गलत रहेको भन्दै सच्याउनुपर्ने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij