२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भूकम्पीय जोखिम कम गर्न नवीन प्रविधि र पूर्व तयारी अनिवार्य : मुख्यमन्त्री आचार्य

भूकम्पीय जोखिम कम गर्न नवीन प्रविधि र पूर्व तयारी अनिवार्य : मुख्यमन्त्री आचार्य

भूकम्पीय जोखिम कम गर्न नवीन प्रविधि र पूर्व तयारी अनिवार्य : मुख्यमन्त्री आचार्य

भूकम्पीय जोखिम कम गर्न नवीन प्रविधि र पूर्व तयारी अनिवार्य : मुख्यमन्त्री आचार्य

भूकम्पीय जोखिम कम गर्न नवीन प्रविधि र पूर्व तयारी अनिवार्य : मुख्यमन्त्री आचार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • बुटवल ।  नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र न्यू होराइजन स्कुल बुटवलको सहकार्यमा बुटवलमा भूकम्प सिकाइ प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै उनले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न नवीनतम प्रविधि र सीप सिकाइलाई अवलम्बन गर्न आवश्यक भएको बताए । मुख्यमन्त्री आचार्यले भूकम्पको विपद् पूर्व सूचना गरेर नआउने भएकाले पूर्व तयारी र सतर्कता सधैं चुस्त राखिनु पर्नेमा जोड दिए ।


    ‘यसलाई सिकाइको रूपमा लिन जरुरी छ । भावी दिनमा हुन सक्ने भूकम्पीय क्षति कम गर्न, भूकम्पबाट कसरी बच्ने र बचाउने भन्ने ज्ञान आत्मसात गर्न आवश्यक छ,’ उनले भने–‘हामीले विगतमा धेरै क्षति बेहोरेका छौं । भावी दिनमा क्षति दोहोरो नहोस् भन्ने उद्देश्यले सरकार सधैं पूर्व सतर्कता र तयारीमा संवेदनशील रूपमा काम गरिरहेको छ ।’ उनले आर्जित ज्ञानलाई सतर्कता र तयारीको काममा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए । विद्यार्थीहरूले गरेको खोज तथा अनुसन्धानको उनले प्रशंसा पनि गरे ।


    विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायमा भूकम्पसम्बन्धी वैज्ञानिक ज्ञान विस्तार गर्दै जोखिम न्यूनीकरणका उपायप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका करिब ३५ वटा विद्यालयका ४ हजार विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको छ । नास्टका प्रविधि संकाय प्रमुख डा. सुरेशकुमार ढुंगेलले नेपाल भूकम्पीय जोखिमयुक्त मुलुक भएकाले विद्यालय तहदेखि नै वैज्ञानिक जानकारी र व्यवहारिक तयारी आवश्यक हुने बताए । यसको लागि यस्ता प्रदर्शनात्मक कार्यक्रम अत्यन्त उपयोगी हुने उनको भनाइ छ । भूकम्पीय जोखिम न्यूनीकरणका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता प्रशिक्षणले विद्यार्थी तथा शिक्षकलाई वैज्ञानिक आधारमा बुझ्ने क्षमता विकास गर्ने र आपतकालीन अवस्थामा सही निर्णय लिन मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।


    न्यू होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्यायले विद्यालय केवल पठनपाठनको केन्द्र मात्र नभई जीवन उपयोगी ज्ञान सिक्ने स्थल भएकाले नास्टसँगको सहकार्यले विद्यार्थीहरूमा भूकम्पीय सचेतना र व्यवहारिक सीप विकासमा ठूलो योगदान पुग्ने बताए ।
    वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीले भूकम्प पूर्वतयारी र सही सूचना नै क्षति न्यूनीकरणको मूल आधार रहेको बताए ।

    भूकम्प कहिले आउँछ भन्ने थाहा नपाए पनि आउँदा कसरी सुरक्षित रहने भन्ने ज्ञान सिकाउन आवश्यक भएको उनको भनाइ छ । भूकम्पविद डा. शिव सुवेदीका अनुसार कार्यक्रममा भूकम्पको उत्पत्ति, प्लेट टेक्टोनिक्स, नेपालमा देखिने भूकम्पीय प्रवृत्ति, सुरक्षित संरचना निर्माण तथा व्यक्तिगत सुरक्षाका उपायहरू प्रदर्शन गरिएको न्यू होराइजनका शिक्षक मुक्ति पौडेलले बताए ।
    उद्घाटन कार्यक्रम न्यू होराइजन संस्थाका उपााध्यक्ष निर्मल लाकौलको अध्यक्षता र शिक्षिका कल्पना कुसुमको सञ्चालनमा भएको थियो । 
     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij