२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

टिकट वितरणमा योगेशको आपत्ति

टिकट वितरणमा योगेशको आपत्ति

टिकट वितरणमा योगेशको आपत्ति

टिकट वितरणमा योगेशको आपत्ति

टिकट वितरणमा योगेशको आपत्ति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरणको निर्णयमा असहमति जनाएका उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालयमा नोट अफ डिसेन्ट दर्ता गराएका छन् ।

    हिजो (शनिबार) बसेको सचिवालय बैठकले देशका १४० क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको थियो । जसमा असहमति जनाउँदै उपमहासचिव भट्टराईले नोट अफ डिसेन्ट लेख्ने बताएका थिए ।

    सोही अनुसार, उनले आइतबार पार्टी कार्यालयमा पुगेर नोट अफ डिसेन्ट दर्ता गराएको एमाले कार्यालय स्रोतले जानकारी दिएको छ ।

    स्रोतका अनुसार, उनले विभिन्न ४ वटा बुँदामा असहमति राख्दै नोट अफ डिसेन्ट लेखेका हुन् ।

     


    टिकट वितरणमा मापदण्ड नमिलेको, प्रतिनिधिसभा उम्मेदवारमा प्रतिस्पर्धाको बेलामा पक्षधरता देखिएको, कार्यकर्तामाथि अन्याय भएको लगायतका विषय राखेर नोट अफ डिसेन्ट लेखेका छन् । बाह्य चुनौतीलाई पनि ध्यान नदिइएको तर्क भट्टराईको छ ।

    भट्टराईले चुनाव लड्दै आएको ताप्लेजुङमा पनि एमालेले उम्मेदवार टुंगो लगाएको छैन ।

    ताप्लेजुङबारे पार्टीको निर्णय सार्वजनिक भएपछि भट्टराईले सामाजिक सञ्जाल मार्फत् समर्थकहरुलाई विचलित नहुन अपिल गरेका थिए ।

    ‘निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु । अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेद्वारहरुलाई बिजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु,’ भट्टराईले लेखेका थिए, ‘हाम्रो यात्रा लामो र गौरवपूर्ण छ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij