२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भैरहवामा एमजीको ‘आइएम सिक्स’ बिक्री सुरु

भैरहवामा एमजीको ‘आइएम सिक्स’ बिक्री सुरु

भैरहवामा एमजीको ‘आइएम सिक्स’ बिक्री सुरु

भैरहवामा एमजीको ‘आइएम सिक्स’ बिक्री सुरु

भैरहवामा एमजीको ‘आइएम सिक्स’ बिक्री सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • भैरहवा । रुपन्देहीको भैरहवामा एमजीको प्रिमियम इलेक्ट्रिक एसयूभी ‘आईएम सिक्स’ सार्वजनिक भएसँगै बिक्री शुभारम्भ भएको छ । 


    एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्समार्फत् भैरहवाका लागि थ्री एच एल प्रालिबाट बिक्री सुरु भएको हो । नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभीको सार्वजनिकसँगै पहिलो ग्राहकको रुपमा होटल मौर्यका सञ्चालक रामबहादुर कोइरीले गाडी खरिद गरेका हुन् । 


    ७४ लाख ९९ हजार रुपैयाँ तोकिएका नयाँ प्रिमियम इलेक्ट्रिक एसयूभी ‘आइएम सिक्स’ आइएम (इन्टेलिजेन्स इन मोसन) एमजीको प्यारेन्ट कम्पनी साइक मोटरअन्तर्गतको एक प्रिमियम विद्युतीय सवारी ब्रान्ड हो । प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शनको संयोजनका रूपमा कम्पनीले प्रस्तुत गरेको छ । 


    अत्याधुनिक डिजाइन, बौद्धिक सुविधाहरू, अत्याधुनिक नयाँ प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शनको संयोजनले ड्राइभिङ अनुभवका साथ, आइएम ६  ले नेपालको इभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ ।


    एमजी आइएम सिक्समा ७५ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा ४५० किलोमिटरको रेन्ज प्रदान गर्दछ । गाडीमा रहेको १०९ किलोवाट क्षमताको मोटरले उत्कृष्ट पावर र टर्क उत्पन्न गर्ने कम्पनीको दाबी छ ।


    यो गाडीलाई डीसी फास्ट चार्जरबाट चार्ज गर्दा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन केवल २० मिनेट लाग्ने बताइएको छ । यसले १५३ किलोवाटसम्मको डीसी चार्जिङ सपोर्ट गर्छ । साथै, गाडीसँगै ७ किलोवाटको वाल–माउन्ट चार्जर पनि उपलब्ध गराइनेछ ।
    कम्पनीका अनुसार गाडीमा रहेको फोर–ह्विल स्टेरिङ सिस्टमले साँघुरो ठाउँमा गाडी मोड्न र पार्किङ् गर्न सहज बनाउँछ । यसको टर्निङ रेडियस जम्मा ५.०९ मिटर रहेको छ ।


    त्यस्तै अटोमेटिक पार्किङ्को सुविधाले चालकलाई पार्किङ्को झन्झटबाट मुक्त गर्छ । साथै ७.१.४ स्पासियल अडियो, २० ओटा स्पिकर र ४ ओटा स्काई स्पिकर भएको यसको साउन्ड सिस्टमले यात्रालाई मनोरञ्जनात्मक बनाउने कम्पनीको विश्वास छ । गाडीका सिटहरू हिटिङ, भेन्टिलेसन र ड्राइभर सिट ब्याक रिल्याक्स जस्ता सुविधाले युक्त छन् ।


    नेपाली सडकलाई मध्यनजर गर्दै यसमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको कम्पनीको भनाइ छ ।
    थ्री एच एल प्रालिका अध्यक्ष हरिबहादुर थापाले ‘ आईएम सिक्स’ प्रविधि र गुणस्तरको हिसाबले उत्कृष्ट रहेको बताए । ‘आईएम साइक मोटरको प्रिमियम ब्रान्ड हो र हामीले एमजीमार्फत् यसलाई प्रस्तुत गरेका छौं । यो केवल इभी मात्र नभई नेपालका लागि स्मार्ट ड्राइभिङको भविष्य हो । हामी बिक्रीपछिको सेवा र स्पेयर पाट्र्सको उपलब्धतामा पूर्णरूपमा तयार छौं । अहिले हामीले विशेष अफरमार्फत् बुकिङ्ग गरिरहेका छौं ।’–उनले भने ।


    कम्पनीले ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिएको छ  । त्यस्तै तीन वर्ष वा १ लाख किलोमिटर र गाडीमा एक वर्षको वारेन्टी दिने बताएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij