२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा लघुकथा केन्द्रित कार्यक्रम – लेखक र प्रकाशक सम्मानित

बुटवलमा लघुकथा केन्द्रित कार्यक्रम – लेखक र प्रकाशक सम्मानित

बुटवलमा लघुकथा केन्द्रित कार्यक्रम – लेखक र प्रकाशक सम्मानित

बुटवलमा लघुकथा केन्द्रित कार्यक्रम – लेखक र प्रकाशक सम्मानित

बुटवलमा लघुकथा केन्द्रित कार्यक्रम – लेखक र प्रकाशक सम्मानित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • बुटवल । प्रश्रित प्रतिष्ठान नेपालको आयोजना तथा मणिमुकुन्द कलेजको सहकार्यमा बुटवलमा कृति लोकार्पण, परिचर्चा, लघुकथा वाचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

    प्रतिष्ठानका महासचिव डा. शालिकराम पौड्यालको सञ्चालन, अध्यक्ष प्रा.डा. कपिल लामिछानेको सभापतित्व तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष प्रा.डा. गितु गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो।

    प्रमुख अतिथि डा. आचार्यले साहित्यले निराशा होइन, समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले साहित्य समाज रूपान्तरणको सशक्त माध्यम भएकाले आशा र चेतना जगाउने खालका सिर्जनामा जोड दिनुपर्ने बताउनुभयो।

    कार्यक्रममा विभिन्न २१ जना विद्वान्द्वारा लिखित तथा डा. शालिकराम पौड्यालद्वारा सम्पादित ‘कपिल लामिछानेको लघुकथा साधना’ शीर्षकको ग्रन्थ प्रमुख अतिथि लगायतबाट संयुक्त रूपमा लोकार्पण गरिएको थियो। लघुकथाकार कपिल लामिछानेका हालसम्म छवटा लघुकथासङ्ग्रह प्रकाशित भइसकेका छन्।

    कृतिको समीक्षा गर्दै रुद्र ज्ञवाली, ऋषिराम भुसाल, डा. अजित खनाल र वनमाली निराकारले उक्त ग्रन्थले कपिल लामिछानेको लामो लघुकथा साधनाको समग्र मूल्याङ्कन गरेको र यसले प्रत्येक साहित्य साधकको सम्मान हुने मानक प्रस्तुत गरेको धारणा राख्नुभयो। उहाँहरूले वक्रोक्ति, प्रगतिशीलता, अभिघात, शैली–शिल्प, जनजीविका र पर्यावरणीय चेतका कोणबाट समेत कृतिको अध्ययन आवश्यक रहेको बताउनुभयो।

    सो अवसरमा भुँडीपुराण प्रकाशनका प्रबन्धक केशवप्रसाद पराजुलीलाई दोसल्ला, टीका, माला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो भने सम्पादक डा. शालिकराम पौड्याललाई दोसल्ला, टीका र मालाबाट सम्मान गरियो। सम्मानित व्यक्तित्व पराजुलीको योगदानबारे डा. नारायणप्रसाद पन्थले र सम्पादक पौड्यालको सम्पादन कौशलबारे ईश्वरी पोखेलले परिचय प्रस्तुत गर्नुभएको थियो।

    सम्मान ग्रहण गर्दै केशवप्रसाद पराजुलीले प्रकाशक लेखक र पाठकबीचको पुल भएको उल्लेख गर्दै प्रकाशकको काँधमा ठूलो जिम्मेवारी रहने बताउनुभयो। विशिष्ट अतिथि उपन्यासकार नीलम कार्की निहारिकाले लेखक र प्रकाशकलाई बधाई दिँदै सिर्जना र प्रकाशनमा सम्पादनको महत्त्व औँल्याउनुभयो। बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अरुणकुमार क्षेत्रीले पठन संस्कृति ह्रासोन्मुख हुँदै गएको अवस्थामा लेखन र प्रकाशन चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो।

    कार्यक्रममा सरु ज्ञवाली, यज्ञलाल सुवेदी, खगेन्द्र बस्याल, लक्ष्मण ज्ञवाली, विजय सागर, हृदय लेकाली, राजेन्द्र आचार्य, इन्दिरा देवकोटा, डी.आर. न्यौपाने, उद्धव देवकोटा, तिलक लामिछाने, डा. हरिप्रसाद भण्डारीलगायत स्रष्टाहरूले लघुकथा वाचन गर्नुभएको थियो। साथै ७५ भन्दा बढी लेखक–स्रष्टाहरूको उपस्थिति रहेको थियो।

    सभापति प्रा.डा. कपिल लामिछानेले लघुकथा समयको माग भएकाले यसमै केन्द्रित कार्यक्रम आयोजना गरिएको बताउँदै लघुकथाका माध्यमबाट पनि समाजलाई रूपान्तरण गर्न सकिने स्पष्ट पार्नुभयो। कार्यक्रमको दोस्रो चरणमा लेखक र प्रकाशकबीच लेखन तथा प्रकाशनसम्बन्धी अन्तर्क्रिया समेत सम्पन्न भएको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij