२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अर्घाखाँचीमा १५ जना उम्मेदवार

अर्घाखाँचीमा १५ जना उम्मेदवार

अर्घाखाँचीमा १५ जना उम्मेदवार

अर्घाखाँचीमा १५ जना उम्मेदवार

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • लक्ष्मण घिमिरे 
    अर्घाखाँची 
     आगामी फागुन २१ गतेको निर्वाचनका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
    अर्घाखाँचीमा एक महिलासहित १५ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिएका छन् ।  एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रतिनिधिसभाको लागि नेपाली कांग्रेसबाट विष्णुप्रसाद खनाल (मुस्कान) को उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री समेत रहेका मुस्कानले पार्टीकातर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् ।


    नेकपा एमालेबाट पिताम्बर भुसालको उम्मेदवारी परेको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष रहेका भुसाललाई एमालेले उम्मेदवारी बनाएको हो ।


     नेपाली कम्युनिस्ट पाटीको तर्फबाट रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरिप्रसाद भुसाल, नेकपा (माओवादी)बाट खिमबहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झविन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुस्करनाथ आचार्य र स्वतन्त्र उम्मेदवार रवि शाहले उम्मेदवारी दिएका छन् ।


    महिला उम्मेदवार स्वतन्त्रबाट एक जनाको मात्र परेको छ । पम्फा श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । त्यस्तै मंगल नेशनल अर्गनाइजेसन पाटीबाट सूर्यबहादुर गुरुङ, जनता समाजवादी पार्टीबाट टुकबहादुर चेवाली, आम जनता पार्टीबाट दुर्गाबहादुर भाट क्षेत्री, नेशनल रिपब्लिक नेपालबाट विष्णु बहादुर गाहा, स्वतन्त्रबाट  र  हिमाल भुसालले उम्मेद्वारी दिएका छन् ।


    आ–आफ्ना समर्थक, नेता तथा कार्यकर्तासहित सबै दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
    मनोनयनसँगै चुनावी माहोल सुरु भएको छ । चोक–चोकमा भेला हुने तथा प्रचारप्रसार अभियानमा दलहरु केन्द्रित भएका छन् ।  पहिलेका निर्वाचनमा जस्तै नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । उदाउँदो शक्ति रास्वपालाई पनि कम आँक्न नमिल्ने कतिपयको धारणा छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij