बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र बहादुर रानाको सरुवा भएसँगै यहाँका दुई सुधार केन्द्रले बिदाई गरेका छन् ।
ईलाका प्रहरी कार्यालय बुटवलमा नै एक कार्यक्रमको अयोजना गर्दै सुधार केन्द्रहरु बुद्ध युवा क्लब र द बेस्ट लाइफ हेल्थ केयरले बिदाई गरेका हुन् ।
कार्यक्रममा डीएसपी रानाले बुटवलमा ११ महिना कार्यरत रहँदा शान्ति सुरक्षा, लागूपदार्थ ओसारपसार नियन्त्रण तथा सामाजिक सुधारका क्षेत्रमा उल्लेखनीय काम गर्न सकिएको बताए। उनले सुधार केन्द्रहरूसँगको सहकार्यले अपराध नियन्त्रणमा सकारात्मक प्रभाव पारेको धारणा राखे।
कार्यक्रममा युवा नेता सुजन पुनले प्रहरीको सक्रिय उपस्थितिका कारण बुटवलमा लागूपदार्थ ओसारपसार र दुर्व्यसन न्यूनीकरणमा सहयोग पुगेको बताउँदै डीएसपी रानाको नेतृत्वको प्रशंसा गरे।
बुद्ध युवा क्लबका अध्यक्ष शिव बहादुर बिष्टले प्रहरीको नियमित अनुगमन र सहकार्यले युवाहरू लागूपदार्थबाट जोगिन सहयोग पुगेको बताए।
द बेस्ट लाइफ हेल्थ केयरका संयोजक रोशन थापा क्षेत्रीले डीएसपी रानाको कार्यकालमा प्रहरी र सुधार केन्द्रबीचको सम्बन्ध अझ मजबुत बनेको उल्लेख गरे।
कार्यक्रम संयोजक अनुराग शर्माले समुदाय–प्रहरी सहकार्यले शान्ति सुरक्षा र सामाजिक सुधार दुवै क्षेत्रमा सकारात्मक परिणाम दिएको बताए।




