बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राप्रपा उमेदवार कर्भिका थापाले उमेदवारी फिर्ता लिएकी छन् । कसैले विरोध र उजुरी नगरे पनि पार्टीको आग्रहपछि उमेदवारी फिर्ता लिएको उनले बताइन् ।
नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त कार्ड परित्याग गरेको तीन महिना पुगेपछि मात्र उमेदवारी दिनु पर्नेमा त्यो अवधि नपुग्दै उमेदवारी दिएको हुँदा फिर्ता लिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनका लागि मनोनयन पाउनु आफ्नो लागि ठूलो सम्मान भएको उनले उल्लेख गरेकी छन् । विज्ञप्तिमा उल्लेख भएअनुसार थापा १४ वर्षदेखि विदेशमा बस्दै आएकी आएकी थिइन् ।




