२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

महिला तथा बालबालिका विरुद्ध हुने हिंसा अन्त्यका लागि सञ्चारकर्मीसंग छलफल

महिला तथा बालबालिका विरुद्ध हुने हिंसा अन्त्यका लागि सञ्चारकर्मीसंग छलफल

महिला तथा बालबालिका विरुद्ध हुने हिंसा अन्त्यका लागि सञ्चारकर्मीसंग छलफल

महिला तथा बालबालिका विरुद्ध हुने हिंसा अन्त्यका लागि सञ्चारकर्मीसंग छलफल

महिला तथा बालबालिका विरुद्ध हुने हिंसा अन्त्यका लागि  सञ्चारकर्मीसंग  छलफल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • बुटवल । रुपन्देहीका विभिन्न पालिकाहरुमा महिला तथा बालबालिका विरुद्ध हुने हिंसा अन्त्यका लागि नीतिगत रुपमा भएका पहल तथा काम कारवाही बारे सञ्चारकर्मी र सरोकारवालाई जानकारी गराईएको छ । महिला तथा बालबालिका विरुद्ध हुने हिंसा अन्त्यका लागि काम गर्दै आएको महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) तथा सिर्जनशिल संस्था नेपाल (सिन)को आयोजनमा पत्रकारहरुसंग छलफल गरिएको हो । एफडब्लुएलडी र सिनले रुपन्देहीका तिलोत्तमा नगरपालिकासंगै ओमसतिया, कञ्चन र सुद्धोधन गाउंपालिकासंग मिलेर महिला तथा बालबालिकामाथी हुने हिंसा अन्त्यका लागि विभिन्न अभियान संचालन गर्दै आएको छ । कार्यक्रममा बोल्दै एफडब्लु एलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठले पालिकाहरुलाई महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि विभिन्न कानुन तथा आचारसंहिता निर्माण र कार्यान्वयनमा सघाउंदै आएको बताए । श्रेष्ठले महिला तथा बालबालिकामाथी हुने हिंसा र अपराधमा हुने सजायंको बारेमा समेत जानकारी दिए । सो अवसरमा कञ्चन गाउंपालिकाका अध्यक्ष नवराज ढकाल र सुद्दोधन गाउंपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले लोकतान्त्रिक अवस्थामा कानुन नै सर्वोपरी हुने भएकोले कानुन निर्माण र त्यसको कार्यान्वयनलाई प्रभावकारी बनाउन पहल भईरहेको बताए । सो अवसरमा ओमसतिया गाउंपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थी र तिलोत्तमा नगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका अधिकृत सम्झना भण्डारीले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा अन्त्यका लागि पालिकाहरुमा भईरहेका प्रयासबारे जानकारी गराए । सिर्जनशिल संस्था नेपालका कार्यक्रम तथा व्यवस्थापन निर्देशक प्रतिमा पन्थीले रुपन्देहीका तिलोत्तमा नगरपालिका तथा ओमसतिया, सुद्दोधन र कञ्चन गाउंपालिका र त्यहांका महिला समुहहरुसंग मिलेर महिला तथा बालबालिका विरुद्ध हुने हिंशा सम्बोधनका लागि काम गरिरहेको बताइन् । सिर्जनशिल संस्था नेपालले तिलोत्तमा नगरपालिकासंग मिलेर वडा नं. ६ मा हिंसामा परेका महिलाहरुका लागि सेफ हाउस संचालन गर्दै आएको छ । पन्थीका अनुसार हालसम्म ६ जनालाई सेवा दिएकोमा २ जना परिवारमा पुनःस्थापना भइसकेका छन् भने चारजना अहिले पनि सेफ हाउसमा आश्रय लिइरहेका छन् । महिला र बालिका माथि हुने हिंसा रोकथाम, नियन्त्रण गर्न तथा हिंसा प्रभावित  सव्यक्तिलाई सेवामा सहज पहुँच वृद्धि गर्नका लागि एफडब्लुएलडीको सहयोगमा सिर्जनशिल संस्था नेपालले  कन्चन गाउँ पालिका, शुद्धोधन, र ओमसतिया गा पा, तथा तिलोत्तमा नगरपालिकामा स्थानिय तहमा नितिगत पैरवी (प्रयास)  कार्यक्रम सन्चालन गर्दै आएका छ । पन्थीका अनुसार  कुन निति, कानुन तथा कार्यविधिको आवश्यकता छ, सो को बारेमा स्थानिय तहसँग  छलफल गरि आवस्यकता पहिचान गरेको, ४ वटा पालिकाका आमा समुहका प्रतिनिधिलाई तालिम दिइ पालिका स्तरिय महिला सन्जाल, गठन र पैरवि क्षमता अभिवृदी तालिम तथा मेनटरिङ  गर्दै आएको, स्थानिय तहमा महिला जनप्रतिनिधि र बिभिन्न दलका महिला नेतृत्वलाइ महिला र बालिका माथि हुने हिन्सा बिरुद्ध नितिगत पहलका लागि पैरवि क्षमता अभिवृदी तालिम सम्पन्न भएको, हाल महिलाको सन्जालले स्वतस्फुर्त पैरवि शुरु गरेको। कन्चनमा पुनर्स्थापना कोस स्थापना तथा व्यवस्थापन ऐन, सुद्धोधनमा  लैंगिक हिन्सा का घटना संप्रेषण कार्यबिधि, ओमसतियामा बालसंरक्षण सम्बन्धि कार्यबिधि बनाउन र तिलोत्तमामा कार्यथलोमा हुने हिंसा रोकथाम तथा नियन्त्रण आचारसंहिता बनाउन प्राविधिक सहयोग गरिएको छ । तिलोत्तमा मा कार्यपालिकाले पास गर्न बाकि छ, पास गर्ने प्रकृयामा छ, बाकि सबै पालिकामा कार्यपालिकाले एडप गरिसकेको सिर्जनशिल संस्था नेपालका कार्यक्रम तथा व्यवस्थापन निर्देशक पन्थीले बताइन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij