२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रिटर्नीहरूबाट देशले लाभ लिने वातावरण बनाउन पहल गर्छु : विश्वदिप

रिटर्नीहरूबाट देशले लाभ लिने वातावरण बनाउन पहल गर्छु : विश्वदिप

रिटर्नीहरूबाट देशले लाभ लिने वातावरण बनाउन पहल गर्छु : विश्वदिप

रिटर्नीहरूबाट देशले लाभ लिने वातावरण बनाउन पहल गर्छु : विश्वदिप

रिटर्नीहरूबाट देशले लाभ लिने वातावरण बनाउन पहल गर्छु : विश्वदिप
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, माघ १० २०८२
शनिवार, माघ १० २०८२
  • बुटवल– रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार सुभाष पाण्डे (विश्वदीप) ले रिटर्नी नेपालीहरूबाट नेपालले लाभ लिने वातावरण बनाउन आवश्यक रहेको बताएका छन्। रिटर्नी सेन्टर नेपालद्वारा शनिबार बुटवल–१२ मिलनपार्कमा आयोजित भेला तथा वनभोज कार्यक्रममा सम्बोधन गर्दै उनले रिटर्नीहरूको ज्ञान र सिप उपयोग गर्ने नीति बनाउनुपर्ने बताए।

    उनले विगतमा नेपालमा पहिलो पटक रिटर्नी उद्यमशील कोष स्थापनाका लागि १ अर्ब बजेट विनियोजन गरिएको स्मरण गराउँदै एमाले सरकारले यसलाई रोकेको लगाएको बताए । नेपालीहरू बाध्यताले विदेशिनुपरेको बताउँदै अब संसदमार्फत वैदेशिक रोजगारीमा गएर फर्केकाहरूलाई उद्यमशीलतासँग जोडेर देशको आर्थिक विकासमा लगिनुपर्ने उनले बताए।

    उनले अहिले युवाहरू वैदेशिक रोजगारीमा जाँदा ठगिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि वडा तहबाटै सेवा प्रवाह र नियमनको वातावरण बनाउन पहल गर्ने बताए।
    ‘वैदेशिक रोजगारी जाने अवस्थाको अन्त्य गर्नु मेरो पहिलो प्राथमिकता रहनेछ,’ उम्मेदवार पाण्डेले भने, ‘त्यसरी जाने युवाहरूलाई सहज र निःशुल्क रूपमा जाने व्यवस्था गर्न पहल गर्छु।’

    उनले वडा तहमा नै वैदेशिक रोजगारीमा जानेहरूका लागि बैंकबाट बिना ब्याज ऋण दिने र विदेशबाट त्यही खातामा पैसा पठाउने व्यवस्था गर्न सकिने बताए। “यसले मेनपावरहरूले ठग्ने, अनावश्यक रकम असुल्ने कार्य बन्द हुनेछ र हुण्डी कारोबारको अन्त्य हुनेछ,” उनले भने।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij