२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

वर्षे अधिवेशन अन्त्य गरिएको दोस्रो दिन सुदूरपश्चिममा अर्को अधिवेशन आह्वान

वर्षे अधिवेशन अन्त्य गरिएको दोस्रो दिन सुदूरपश्चिममा अर्को अधिवेशन आह्वान

वर्षे अधिवेशन अन्त्य गरिएको दोस्रो दिन सुदूरपश्चिममा अर्को अधिवेशन आह्वान

वर्षे अधिवेशन अन्त्य गरिएको दोस्रो दिन सुदूरपश्चिममा अर्को अधिवेशन आह्वान

वर्षे अधिवेशन अन्त्य गरिएको दोस्रो दिन सुदूरपश्चिममा अर्को अधिवेशन आह्वान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण ५ २०८१
शनिवार, श्रावण ५ २०८१

  • कैलाली | सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको दोस्रो दिन अर्को अधिवेशन आह्वान गरिएको छ । 

     नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख नजिर मियाँले आज प्रदेशसभाको अधिवेशन यही साउन ८ गते आह्वान गरेको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए । 

     नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यको मागअनुसार प्रदेश प्रमुख मियाँले अधिवेशन आह्वान गरेका हुन् । आजै यी दलले प्रदेश प्रमुख समक्ष अधिवेशन गर्न निवेदन दिएका थिए । 
     
    संविधानको धारा १८३ को उपधारा (३) मा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने छ भन्ने व्यवस्था छ । 

    सरकारको सिफारिसमा प्रदेश प्रमुख मियाँले बिहीबार रातिदेखि प्रदेशसभाको चालु वर्षे अधिवेशन अन्त्य गरेका थिए । असार १ गते प्रदेशसभामा प्रस्तुत सरकारको आव २०८१/८२ को बजेटमाथि छलफल नगरी वर्षे अधिवेशन अन्त्य गरिएको थियो । 


    सरकारले समय छँदै प्रदेशसभामा प्रस्तुत बजेट माथिको छलफल गराउनुपर्नेमा जानाजान ढिलासुस्ती गर्नुका साथै अन्य वैधानिक विकल्पको खोजी नगरी प्रदेशलाई बजेट शून्यताको अवस्थामा पु-याएको भन्दै नेपाली कांग्रेस र  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विरोध गरेका छन् । प्रस्तुत बजेट पारित नहुँदै नेकपा (एमाले) सरकारबाट बाहिरिएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij