२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

चुनावमा चटक-नाटक गरेर मतदाता रिझाउने प्रयास

चुनावमा चटक-नाटक गरेर मतदाता रिझाउने प्रयास

चुनावमा चटक-नाटक गरेर मतदाता रिझाउने प्रयास

चुनावमा चटक-नाटक गरेर मतदाता रिझाउने प्रयास

चुनावमा चटक-नाटक गरेर मतदाता रिझाउने प्रयास
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  •  बुटवल
    फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै गर्दा कतिपय उम्मेदवारहरु मतदाता रिझाउने नाममा अस्वभाविक नाटक र चटक देखाइरहेका छन् । पुराना पार्टीका नेतालाई गाली गर्ने नयाँ दलका उम्मेदवारहरु यस्ता नाटक देखाउन अगाडि छन् । चुनावका बेला मतदातालाई रिझाउन आफ्नो दल र आफू राम्रो भएको भान पार्न उनीहरुले भोट माग्ने नाममा अस्वाभाविक गतिविधि गरेका हुन् । 


    रास्वपा गुल्मी १ का उम्मेदवार सागर ढकाल र २ का गोबिन्द पन्थीले कान समाएर उठबस गरेको भिडियो भाइरल बनेको छ । उक्त पार्टीको क्षेत्रीय समितिले उम्मेदवारहरु निर्धारित समयभन्दा केही मिनेट कार्यक्रममा ढिलो आएको भन्दै उठबस गराएको भनिएको छ । उठबस गर्दैगर्दा ढकाल र पन्थीसँगै पार्टीका नेताहरु हाँसिरहेका थिए । हाँसिमजाकको दृश्य हेर्दा त्यहाँ कुनै गाम्भीर्यता थिएन । 


     रास्वपाका स्थानीय नेता कृष्ण भट्टराईले आउँदा दिनमा समयको पालना गरुन् भनेर उम्मेदवारलाई तीनपटक उठबस गराइएको बताए ।


    तर त्यस घटनालाई अन्य स्थानीयले भने नाटक र स्टन्ट बाहेक अरु केही नभएको टिप्पणी गर्छन् ।  
    त्यस्तै चकट देखाएका छन्, गोरखा–१ का रास्वपा उम्मेदवार सुधन गुरुङले पनि । कालो चस्मा लगाएर चिटिक्क परेका उनले जानी–नजानी भारी बोकेको भिडिओ सञ्जालतिर व्यापक छ । वर्षौं शहर बसेका उनले मतदातालाई रिझाएर भोट बटुल्नकै लागि यस्तो गरेको धेरैको टिप्पणी छ । 


    भदौ २३ गते जेनजी प्रदर्शनकारीलाई पानी बाँड्दा बाँड्दै नेता बनेका उनी काठमाडौँमा एनजिओ चलाउँछन् । रवि लामिछाने र बालेन्द्र साहलाई मिलाउन पनि उनैले भूमिका खेलेको भन्ने गरिएको छ । रास्वपाकै  नुवाकोट–२ का उम्मेदवार अच्युतम लामिछानेले देखाएको नौटंकी झन् चर्चामा छ । उम्मेदवारी मनोनयनको दिन गलाभरी माला भिरेर सडकमा दौडिएका उनले बाटोमा भेटिएका बूढापाकालाई ‘हजुरबा र हजुरआमा’ भन्दै जमिनमा मुन्टो टेकेर ढोगेका थिए । 


    आफूलाई रवि लामिछानेकै शैलीमा प्रस्तुत गर्न चाहने उनको शैली निकै अस्वाभाविक देखिन्थ्यो ।  स्थानीयले यसलाई चटकको संज्ञा दिएका छन् ।


    पत्रकार ऋषि धमला चटक देखाउने मध्येका एक हुन् । अघिल्लो दिन पत्रकारिता छोडेको घोषणा गरेर भोलिपल्ट आम जनता पार्टीबाट उम्मेदवार बनेका उनले मतदाता खुशी पार्न अनेक तमाशा देखाइरहेका छन् । 
    धादिङ ज्यामरुङ स्थायी ठेगाना भई हाल काठमाडौँ बस्ने ऋषिले रौतहट–४ बाट उम्मेदवारी दिएका छन् । प्रभु साह नेतृत्वको उक्त पार्टीमा ऋषिपत्नी एलिजा गौतम उपाध्यक्ष छिन् । उनलाई सो पार्टीले खस–आर्य महिला कोटामा समानुपातिकतर्फ एक नम्बरमा राखेको छ । 


    पार्टीले धेरै भोट ल्याए पति पत्नी नै माननीय हुन पाइने भएकाले पनि होला मतदाता रिझाउन ऋषिले अनेक उपाय अपनाएको देखिन्छ । सार्वजनिक भएका कतिपय भिडिओमा उनी मतदाताहरूलाई अंगालोमा बेरेर भावुक भएका छन् ।
    थानीयको काम सघाएर मन जित्न खोजेका उनले कोट पाइन्टमा सजिएर जेरी पकाएको, आराले काठ चिरेको र साइकल चलाएको दृश्य भिडिओमा देख्न पाइन्छ । 


    ऋषिले किसानको खेतमा उखु बोक्दै गरेको अर्को भिडिओ पनि भाइरल भएको छ । टुटेफुटेको मैथली भाषामा स्थानीयसँग गफ गर्दै उनले काँधमा उखुको भारी हालेर दौडिरहेको दृश्य बडो रमाइलो देखिन्छ । बुद्धिजीवि हरि ज्ञवालीले उम्मेदवारहरुले मतदातालाई रिझाउने नाममा गरिने यस्ता अस्वभाविक गतिविधिहरु असल जनप्रतिनिधि र नेताले नगर्ने बताउँछन् । ‘मतदातालाई एकछिन भ्रममा पार्न गरिने यस्ता चटकले भद्दा मजाक बाहेक अरु सन्देश दिंदैन ।’–उनले भने । 


    उता अन्तरिम सरकारको शिक्षामन्त्रीबाट एक्कासी राजीनामा दिएर उम्मेदवारी दर्ता गर्न म्याग्दी गएका बेला महावीर पुनले पनि सडकमै पत्रकार सम्मेलन गरेको, तर कोही पत्रकार नआएको भन्दै गरेको भिडियो पनि भाइरल बनेको छ । यो विषयलाई पनि मन्त्री पुनको बचकनापन र चटक भएको स्थानीयको मूल्यांकन छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij