२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

पहिरोमा वेपत्ताको खोजीका लागि १२ जना भारतिय टोली बेलहिया हुदै नेपाल आयो

पहिरोमा वेपत्ताको खोजीका लागि १२ जना भारतिय टोली बेलहिया हुदै नेपाल आयो

पहिरोमा वेपत्ताको खोजीका लागि १२ जना भारतिय टोली बेलहिया हुदै नेपाल आयो

पहिरोमा वेपत्ताको खोजीका लागि १२ जना भारतिय टोली बेलहिया हुदै नेपाल आयो

पहिरोमा वेपत्ताको खोजीका लागि १२ जना भारतिय टोली बेलहिया हुदै नेपाल आयो
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शनिवार, श्रावण ५ २०८१
शनिवार, श्रावण ५ २०८१
  • भैरहवा ।  गत शुक्रवार चितवनको सिमलतालमा गएको पहिरोबाट वेपत्ता भएको दुई वटा बस र यात्रुको खोजीका लागि १२ जनाको टोली शुक्रबार मध्यरातमा नेपाल आएको छ । 

    रुपन्देहीको बेलहिया नाका हुदै राती १२ बजे ४ वटा गाडी सहित राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका विज्ञ सहितको टोली नेपाल आएको हो । त्रिशूली नदीमा खसेका बस र यात्रुको खोजीका भारतीय उद्धार टोली ४ वटा गाडी सहित नेपाल आएको छ । टोलीले उद्वारमा चाहिने उपकरण समेत लिएर आएका छन । 

    गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा भारतका ती टोली राती १२ बजे बेलहिया नाका हुदै नेपाल आएको हो,सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेडक्वार्टरले उनीहरुलाई स्वागत गरी भैरहवामा राखेको थियो । उनीहरु राती भैरहवामा बास बसी विहानै चितवन तर्फ प्रस्थान गरेका छन । चितवनमा उद्वार गर्नका लागि नै ती टोली नेपाल आएका हुन । सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय बेलहिया, भन्सार कार्यालय,अन्नपुर्ण टर्मिनल, अध्यागमन कार्यालयको समन्वयमा मध्यरातमै ती गाडी सहितको टोलीलाई स्वागत गरिएको थियो ।  

    खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । गृहमन्त्रालयको विपद् महाशाखा प्रमुख डा.भीष्मकुमार भुसालका अनुसार ती टोली आजै घटनास्थल पुगी खोजीकार्य गर्नेछन ।

    राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका एक जना विज्ञ सहित १२ जना रहेका छन । उनीहरुले उद्वारकका लागि चाहिने डोरी, पानी भित्र प्रयोग हुने संचार यन्त्र, कम्प्रेसर मेसिन सेट, लाइफ ज्याकेट, टेन्ट, पानी भित्रको डिभाइडर, रेन कोट लगायतका आवश्यक सामाग्री र उपकरण लिएर आएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।

    सिमलताल दुर्घटनाको आज आठौँ दिन भएको छ । अहिलेसम्म विभिन्न ठाउँमा गरी २३ वटा शव भेटिएको छ । दुई बसमा गरी ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अझै ३९ जना यात्रु र बसको अवस्था थाहा हुन सकेको छैन । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij