२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

व्यवसायीलाई व्यावसयिक योजना, ऋण प्रवाह सम्बन्धी प्रशिक्षण

व्यवसायीलाई व्यावसयिक योजना, ऋण प्रवाह सम्बन्धी प्रशिक्षण

व्यवसायीलाई व्यावसयिक योजना, ऋण प्रवाह सम्बन्धी प्रशिक्षण

व्यवसायीलाई व्यावसयिक योजना, ऋण प्रवाह सम्बन्धी प्रशिक्षण

व्यवसायीलाई व्यावसयिक योजना, ऋण प्रवाह सम्बन्धी प्रशिक्षण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • परासी । उधमीहरूलाई व्यावसायिक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजीकरण कार्यक्रम गरिएको छ । उद्योग व्यवसायीहरूलाई लक्षित गरी घरेलुु तथा साना उद्योग कार्यालय नवलपरासीले उधमीहरूलाई व्यावसायिक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजीकरण कार्यक्रम गरेको हो ।

    ऋण लिई  व्यवसायको स्तर उन्नती गर्न सकिने उदेश्यले व्यवासयीलाई व्यावसायिक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी कार्यक्रमको आयोजना गरिएको  घरेलुु तथा साना उद्योग कार्यालय नवलपरासीका बरिष्ठ उद्योग अधिकृत मोहन पाण्डेले जानकारी दिए । घरेलु तथा साना उद्योग कार्यालयले सेवा प्रवाह दर्ता प्रक्रिया र प्रगतिबारे जानकारी गराएको पाण्डेले बताए ।


    कार्यक्रम एन एम बि बैक शाखा परासी प्रबन्धक रानरेश गुप्ताले साना तथा मझौला व्यवसाय ऋण ,कर्जा तीन प्रकार जनकारी दिदै  त्यसमा पनि खुद्रा कर्जा,व्यावसयिक कर्जा कृषि ,रहेको अन्य कर्जाहरू सावारी सधान कर्जा, शैक्षिक कर्जा रहेको व्यावसायीहरूलाई जानकारी गराए ।


    ऋण  लिने प्रक्रिया  कसरी लिने पहिला व्यवासयको हकमा  सम्बन्धि निकायमा व्यवासय दर्ता गर्ने ,ऋण लिने आवश्यक कागजपत्र सम्बन्धी प्रबन्ध गुप्ताले बताए । राष्ट्रिय  बाणिज्य  बैंकका प्रमुख हिमलाल खनालले व्यावसायिक योजना ,बैकिड्ग सम्बधी प्रशिक्षण दिएका थिए ।


    कार्यक्रममा बर्दघाट नगरपालिका ,सुनवल नगरपालिका र सरावल गाउँपालिका   ४४ जना उद्योग व्यावसयीहरूको सहभागिता रहेको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम सहजकर्ता मनोज कुमार चौधरीले  जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij