२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै तरुण दल बुटवलद्वारा युवा परिचालन समिति गठन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ १५ २०८२
बिहिवार, माघ १५ २०८२
  • बुटवल । आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल तरुण दल बुटवल उपमहानगर समितिले युवा परिचालन समिति गठन गरेको छ। नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष तथा समानुपातिक पदका उम्मेदवारलाई रुख चिन्हमा मतदान गराई विजयी बनाउने उद्देश्यका साथ समिति गठन गरिएको हो।

    नगर अध्यक्ष सुजन पुनद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत बुटवल उपमहानगरका १ देखि १९ वडासम्म तरुण परिचालनलाई प्रभावकारी बनाउने गरी विभिन्न प्रतिनिधिहरू तोकिएको जनाइएको छ। विज्ञप्ती अनुसार पुरन रानालाई नगर संयोजक र विरजु थापा के.शीलाई सह–संयोजकको जिम्मेवारी दिइएको छ।

    यस्तै, वडा संयोजकका रूपमा वडा नं १ मा समुन्द्र अमात्य, २ मा सुधिर पुन, ३ मा मनिष श्रेष्ठ, ४ मा अशोक सेन, ५ मा सलमान खान, ६ मा प्रदिप विक, ७ मा रवि गौचन, ८ मा नारायण रेग्मी मगर, ९ मा शिव भट्टराईलाई जिम्मेवारी दिइएको छ। यस्तै वडा नम्बर १० मा वृद्धि गुरुङ, ११ मा नरेश पुन, १२ मा गणेश आचार्य, १३ मा विवेक थापा, १४ मा सागर थापा, १५ मा विक्रम सापकोटा, १६ मा मोहन चालिसे, १८ मा धन खरेल र १९ मा टंक क्षेत्रीलाई तोकिएको छ।

    तरुण दलले समावेशी, समान र समृद्ध नेपालको निर्माणमा युवाको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यसहित निर्वाचन अभियानमा सक्रिय रूपमा परिचालन हुने जनाएको छ।

    IMG-20260129-WA0006.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij