२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रामचन्द्र–मैनादेवी अनाथ आश्रमको २९औं साधारणसभा

रामचन्द्र–मैनादेवी अनाथ आश्रमको २९औं साधारणसभा

रामचन्द्र–मैनादेवी अनाथ आश्रमको २९औं साधारणसभा

रामचन्द्र–मैनादेवी अनाथ आश्रमको २९औं साधारणसभा

रामचन्द्र–मैनादेवी अनाथ आश्रमको २९औं साधारणसभा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–६ मा सञ्चालित रामचन्द्र–मैनादेवी अनाथ आश्रमको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
    साधारणसभामा बोल्दै तिलोत्तमा–६ का वडाध्यक्ष गणेश पाठकले राज्यले गर्नुपर्ने काम रामचन्द्र–मैनादेबी अनाथ आश्रमले गरेको भन्दै आश्रमलाई तिलोत्तमा नगरपालिका र आफ्नो वडाले सक्दो वजेट दिंदै आएको बताए । आश्रमबाट अनाथ असहाय बालबालिकाले शिक्षा–दिक्षासंगै असल संस्कार, नैतिकता सिकेको भन्दै अध्यक्ष पाठकले मैनादेवीको योगदानलाई वडा र नगरपालिकाले पनि उच्च सम्मान गरेको बताए । उनले पछिल्लो समय सामाजिक सञ्जालले समाजलाई गलत दिशामा लगेको भन्दै सबै नागरिक सचेत हुन आग्रह गरे । 
    कार्यक्रममा संस्थाकी अध्यक्ष मैनादेवी भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै  आश्रममा अझै केही भौतिक पुर्वाधार बनाउन बांकी रहेको बताइन् । आश्रममा कर्मचारी राखेर व्यवस्थित ढंगले चलाउन अक्षयकोषलाई कम्तिमा एक करोड पु¥याउनुपर्ने खाँचो रहेको बताइन् । अहिले अक्षय कोषमा ७५ लाख रुपैयां रहेको उनले बताइन् । आश्रम स्थापनाको शुरुका डेढ दशक गाउँ–गाउँ डुलेर मुठीदान संकलनबाट आर्थिक स्रोतको जोहो गरेर आश्रमलाई यहाँसम्म ल्याएको भन्दै अहिले उमेर ढल्किंदै गएको र स्वास्थ्यले समेत साथ दिन छाडेकाले कर्मचारीलाई अक्षयकोषको ब्याजबाट तलब दिन सक्ने स्थिति बनाउन अक्षयकोषलाई एक करोड पु¥याउन सबैको साथ चाहिएको बताइन् । ३४ वर्षको उमेर देखि आश्रममा लागेको भन्दै उनले अहिले २९ वर्ष पुगेको बताइन् । कर्मचारी राख्न नसकेर आफै , श्रीमान् र छोराले आश्रमको काम गर्नुपरेको अध्यक्ष भण्डारीले गुनासो गरिन् । तीनजना अनाथबाट शुरु भएको आश्रमको आफ्नै भवन बनेपछि २५ जनासम्म राख्न मिल्ने क्षमताको भएको छ । अहिले आश्रममा १२ जना बालक छन् । उनीहरुले तिलोत्तमाकै शान्ति नमूना माविमा पढिरहेका छन् । ५ वर्ष पछि आश्रममा जेष्ठ नागरिकलाई पनि दिउसोमा राख्ने व्यवस्था गर्ने सोंच बनाएको उनले बताइन् । साधारणसभामा घनश्याम ज्ञवाली,इश्वरीप्रसाद बस्याल, सीता वस्ताकोटी, कमला पोखरेल लगायतले बोल्दै आश्रमलाई सहयोग गर्नु सबैको दायित्व भएको बताएका थिए । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij