२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शिक्षक–शिक्षिकालाई अटिजमबारे  अभिमुखीकरण

शिक्षक–शिक्षिकालाई अटिजमबारे  अभिमुखीकरण

शिक्षक–शिक्षिकालाई अटिजमबारे  अभिमुखीकरण

शिक्षक–शिक्षिकालाई अटिजमबारे  अभिमुखीकरण

शिक्षक–शिक्षिकालाई अटिजमबारे  अभिमुखीकरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • बुटवल ।  बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्याबारे प्रारम्भिक कक्षाका शिक्षक–शिक्षिका तथा अभिभावकलाई जानकारी गराउने उद्देश्यले बुटवलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
    पहिलो पाइला नेपाल, बुटवल शाखाको आयोजनामा शनिबार  श्रवण हेयरिङ एण्ड चाइल्ड केयर सेन्टरको प्राङ्गणमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बुटवल तथा आसपास क्षेत्रका करिब ४० भन्दा बढी विद्यालयका प्रारम्भिक कक्षामा अध्यापन गराउने शिक्षक–शिक्षिकाको उल्लेखनीय उपस्थिति रहेको थियो।
    कार्यक्रमका वरिष्ठ अडियोलोजिस्ट तथा स्पिच ल्याङ्ग्वेज प्याथोलोजिस्ट बिद्वान भुसाल, वरिष्ठ अप्टोमेट्रिस्ट सन्तोष क्षेत्री र फिजियोथेरापिस्ट रक्षा रेग्मीले सहजीकरण गरेका थिए । विशेषज्ञहरूले अटिजम भएका बालबालिकामा देखिने प्रारम्भिक लक्षण, कक्षाकोठामा देखिने व्यवहार, पहिचानका उपाय तथा आवश्यक उपचार र सहयोगका विषयमा व्यवहारिक प्रस्तुतीकरण गगरेका थिए । 
     श्रवण हेयरिङ एण्ड चाइल्ड केयर सेन्टरको सहकार्य  रहेको उक्त कार्यक्रममा दीप बोर्डिङका प्राचार्य टीकाराम न्यौपाने, आयोजक संस्थाका कार्यबाहक अध्यक्ष गौरव खनाल, सचिव रुद्र खनाल,  सह–सचिव प्रकाश पोख्रेलले यस्ता अभिमुखीकरण कार्यक्रमले प्रारम्भिक तहमा नै बालबालिकाको समस्या पहिचान गर्न सहज हुने प्रतिक्रिया दिएका थिए। आगामी दिनमा पनि शिक्षा र बालबालिका केन्द्रित सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने उनीहरुको भनाई थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij