२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

माघ २४ गते बुटवलमा नेपथ्यको लाइभ कन्सर्ट हुँदै

माघ २४ गते बुटवलमा नेपथ्यको लाइभ कन्सर्ट हुँदै

माघ २४ गते बुटवलमा नेपथ्यको लाइभ कन्सर्ट हुँदै

माघ २४ गते बुटवलमा नेपथ्यको लाइभ कन्सर्ट हुँदै

माघ २४ गते बुटवलमा नेपथ्यको लाइभ कन्सर्ट हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • बुटवल । बुटवलमा नेपथ्यको लाइभ कन्सर्ट हुने भएको छ । व्याकप इभेन्टको आयोजनामा यही माघ २४ गते बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा उक्त लाइभ कन्सर्ट हुने भएको हो ।

    आइतबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी कन्सर्टको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसेको जानकारी गराएको छ । कन्सर्टमा नेपथ्यका प्रमुख भोकल अमृत गुरुङ सहितको टोलीको विशेष प्रस्तुती रहने व्याकप इभेन्टका अध्यक्ष सन्तोष टन्डले बताए । कन्सर्ट साँझ ४ः १५ बाट सुरु भएर ८ः १५ मा सकिने अध्यक्ष टन्डनले बताए । 


    नेपथ्यको गित सुन्दै बस्ने क्रममा बुटवलमा नेपथ्यको कन्सर्ट नभएको लामो समय भएकाले ३० वर्ष भन्दा मुनिका युवाहरुको आयोजनामा कार्यक्रम हुन लागेको अध्यक्ष टन्डनले बताए । 


    कन्सर्ट हेर्नका लागि अहिलेसम्म ४ हजार ५०० जनाले टिकट काटिसकेको सल्लाहकार अतित थापाले बताए ।  टिकट शुल्क विद्यार्थीहरुका लागि १००० र अन्यका लागि १५०० रहेको थापाले बताए ।

    कन्सर्टमा ६ हजार मात्रै सहभागि गराउने सकिने भएकाले अब १५०० टिकट मात्रै बाँकी रहेको बताए ।

    कन्सर्टमा मद्यमान तथा धुम्रपानलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइने आयोजकले जनाएको छ । व्याकप इभेन्टको संचालकको रुपमा सविन अर्याल, सागर घिमिरे र आशिष गौतम लगायतका युवाहरु रहेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij