२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

गुल्मेली मतदातासँग विष्टको बुटवलमा खुला संवाद

गुल्मेली मतदातासँग विष्टको बुटवलमा खुला संवाद

गुल्मेली मतदातासँग विष्टको बुटवलमा खुला संवाद

गुल्मेली मतदातासँग विष्टको बुटवलमा खुला संवाद

गुल्मेली मतदातासँग विष्टको बुटवलमा खुला संवाद
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • बुटवल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । यही क्रममा नेकपा एमालेका उम्मेदवार तथा गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार गोकर्ण विष्टले बुटवलमा रहेका गुल्मेली मतदातासँग खुला संवाद गर्दै ‘सुन्दै–सुनाउँदै’ अभियानमार्फत् सहरका युवा तथा आम मतदातासँग भेटघाट गरिरहेका छन् ।


    गाउँकै मतदाता भए पनि अध्ययन, रोजगारी र व्यापारका लागि रुपन्देहीको बुटवलमा बस्ने गुल्मेली ठूलो संख्यामा छन् । मनोनयनपछि आफ्नो निर्वाचन क्षेत्रका गाउँ–गाउँमा पहिलो चरणको भेटघाट सकेर विष्ट विभिन्न सम्पर्क मञ्चमार्फत् बुटवलका मतदातासँग छलफल गरिरहेका छन् । शहरमा बसे पनि मतदाताले गाउँका समस्या खुलेर राखेका छन् ।
    विष्टले बुटवलमा गुल्मी इस्मा–रुपन्देही, धुर्कोट–रुपन्देही, मदाने–रुपन्देही, मालिका–रुपन्देही, मुसिकोट–रुपन्देही र रेसुंगा–रुपन्देही सम्पर्क समाजमार्फत् मतदातासँग भेटघाट तथा छलफल गरेका छन् ।


    भेटघाटका क्रममा मतदाताले गाउँमा जंगली जनावरको आतंक, पर्याप्त अस्पतालको अभाव, गुणस्तरीय शिक्षाको कमी र यसैकारण बढ्दो बसाइँसराइको समस्याबारे ध्यानाकर्षण गराएका थिए । बुटवलमा बस्दै आएका मदाने गाउँपालिका–२ बाझकटेरीका मदन भुसालले सिङ्गो पालिकाका मतदाताले उम्मेदवारसँग खुलेर समस्या राख्न पाएको अवसर उपयोगी भएको बताए ।


    मतदातामाझ विष्टले विगतमा आफूले गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै आफ्नो क्षेत्रमा बाँकी रहेका अधुरा काम पूरा गर्न पुनः उम्मेदवार बनेको बताए । उनले गुल्मीमा भौतिक पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै अबको प्राथमिकता मानवीय विकास, नीतिगत सुधार, आयआर्जन र रोजगारी सिर्जनामा केन्द्रित हुने जनाए ।


    उनका अनुसार मदन भण्डारी राजमार्ग, दर्जनौँ पुल, गाउँ–गाउँमा कालोपत्रे, लिफ्ट खानेपानी, खरका छाना विस्थापन, विद्यालय–अस्पताल सुधार, स्वास्थ्यचौकी विस्तार, विद्युतिकरण र राष्ट्रिय प्रसारण लाइन विस्तारजस्ता काम भएका छन् । अब आर्थिक–सामाजिक सूचक सुधारमा जोड दिने उनले प्रतिबद्धता जनाए ।


    विष्ट पाँचौँ पटक चुनावी प्रतिस्पर्धामा छन् । उनी २०५६ यताका अधिकांश निर्वाचनमा विजयी भएका नेता हुन् । २०६४ को संविधानसभा निर्वाचनबाहेक २०५६, २०७०, २०७४ र २०७९ मा उनी निर्वाचित भएका थिए । उनको निर्वाचन क्षेत्रमा कुल १,०७,३६३ मतदाता, ६२ मतदानस्थल र १२९ मतदान केन्द्र रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij