२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

खेतको फाँटमा प्रदेश राजधानी नबनाऔं : प्रदेश प्रमुख

खेतको फाँटमा प्रदेश राजधानी नबनाऔं : प्रदेश प्रमुख

खेतको फाँटमा प्रदेश राजधानी नबनाऔं : प्रदेश प्रमुख

खेतको फाँटमा प्रदेश राजधानी नबनाऔं : प्रदेश प्रमुख

खेतको फाँटमा प्रदेश राजधानी नबनाऔं : प्रदेश प्रमुख
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • बुटवल । लुम्बिनी प्रदेशको नवौं स्थापना दिवस प्रदेश राजधानी दाङमा मनाइएको छ । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेशसभाको संयुक्त आयोजनामा बुधबार राप्ती उपत्यका देउखुरीमा मूल समारोह आयोजना गरेर दिवस मनाइएको हो ।
    मूल समारोहको उद्घाटन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । 


    सबै पक्ष र तहको आवाज प्रदेशले सुन्नुपर्ने धारणा राख्दै उनले इतिहासको कालखण्डमा शासन गर्नेहरूको निर्णयका आधारमा ठाउँहरूको विकास भएको स्मरण गरे । उनले प्रादेशिक संरचना र राजधानी क्षेत्रलाई खेतको फाँटभन्दा उचो क्षेत्रमा विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे । खेतको फाँट जोगाउनुपर्छ । मैले सुझाव दिँदा पनि त्यसैगरी दिएको थिएँ,’ उनले भने –‘धान फल्ने फाँट जोगायौं भने कोही भोकै बस्नुपर्दैन ।’


    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना भएको आठ वर्ष पूरा हुँदै गर्दा संघीयतालाई बलियो बनाउने काम प्रदेशबाट भएको बताए । संघीयताका कारण जनताको घरआँगनमा विकास पुगेको र जनताले त्यसको अनुभूति गर्न पाएको उनको भनाइ छ । 


    प्रदेश बोझिलो नभई विकास निर्माणको आधारका रूपमा स्थापित हुँदै गएको उनले दाबी गरे । यसका साथै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार अन्त्यका लागि पाँच वर्षे रणनीतिक योजना बनाएर लागू गरेको बताए । 


    प्रदेश सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभा र प्रदेश सरकारले जनताको आधारभूत आवश्यकतासँग जोडिएका क्षेत्रमा कानुन निर्माण गर्ने र अनुभूति हुने गरी कार्यान्वयन गर्ने पक्षलाई बलियो बनाउँदै लगेको जनाए । 


    पूर्व मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशको विकासका लागि सुशासन आवश्यक रहेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij