२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रूपन्देहीमा परेको बजेटमा सरकारको कैँची : पौडेल

रूपन्देहीमा परेको बजेटमा सरकारको कैँची : पौडेल

रूपन्देहीमा परेको बजेटमा सरकारको कैँची : पौडेल

रूपन्देहीमा परेको बजेटमा सरकारको कैँची : पौडेल

रूपन्देहीमा परेको बजेटमा सरकारको कैँची : पौडेल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा छुट्टाएका अधिकांश योजनाका बजेट अहिलेको सरकारले कटौती गरेको जनाएका छन् । बजेट कटौतीका कारण ती आयोजनाहरु स्थगित भएको भन्दै उनले बजेट नरोक्न वर्तमान सरकारलाई सुझाव दिए पनि ध्यान नदिएको बताएका छन् ।
    ‘एकातर्फ पुँजीगत खर्च भएन भन्ने र अर्कोतर्फ विकासका आयोजनाहरुको बजेट रोक्ने काम भएको छ ।’–उनले भने । आइतबार बुटवल उप–महानगरपालिका वडा नं. ६ को चन्द्रनगर कमिटीको भेटघाट कार्यक्रममा बोल्दै उनले विकासमा गति लिएको रुपन्देहीका सबै योजनाहरु अघि बढ्ने बताए । 


    बजेट निर्माणका समयमा अर्थमन्त्री रहेका पौडेलले यस क्षेत्रमा ठूलो बजेट खन्याएको भन्दै अरु जिल्लामा आलोचना भएको थियो । तर त्यसरी छुट्टाइएको बजेट नै कटौती भएपछि उनले अहिलेको सरकार तथा मन्त्रीहरुलाई प्रश्न उठाएका हुन् । नेता पौडेलले नीतिगत रुपमा नै ढोका खोल्ने क्रम रहेकोले अहिले काटिएका योजना एमाले नेतृत्वमा पुगेपछि पुनः जोडिने जनाएका थिए । कार्यक्रममा स्थानीय अगुवा तथा नेता कृष्ण पोखरेलले वडामा रोकिएको खानेपानीको आयोजना, कवर्ड हल, सुखौरा खोला व्यवस्थापनजस्ता कामलाई अघि बढाउन आग्रह गरे । खेलकुदको हब, श्रवणपथको बाटो व्यवस्थापनसँगै गुल्जार बनाउने योजनालाई अघि बढाउनुपर्ने उनले बताए ।


    ०६४ देखि यस क्षेत्रमा निरन्तर निर्वाचन जितिरहेका पौडेलले यसपटकको निर्वाचन तुलनात्मक रुपमा सजिलो भएको जनाएका छन् । धेरै अप्ठ्यारो र धेरै सजिलो निर्वाचन लडेको स्मरण गर्दै उनले विगतका तुलनामा यसपटक धेरै सहज रहेको बताएका हुन् । ‘०६४ मा सबैतिर माओवादीको लहर आएको थियो, ०७० मा प्रधानमन्त्री बनेका नेता डा. बाबुराम भट्टराई लड्न आउनुभएको थियो, ०७४ मा केही सहज थियो, ०७९ मा एमालेविरुद्ध कति धेरै दलको मोर्चाबन्दी थियो, एमालेबाट पनि एक समूह निस्केर त्यतै लागेको थियो, ती अवस्थामा यहाँका मतदाताले साथ दिनुभएको हो, यसपटक त तुलनात्मक रुपमा सजिलो महशुस गरेको छु ।’–उनले भने । 


    शनिबारसम्म २२ वटा वडाका कार्यालयको उद्घाटन, वडा परिचालन कमिटीको बैठक, त्यहाँका अगुवा, जनसमुदाय, अन्य पार्टीहरुसँगको भेटघाटको आधारमा हेर्दा चुनाव जित्नेभन्दा कति फराकिलो मतान्तरले जित बनाउने भन्ने रहेको उनले जनाए ।  ‘तर पनि गारो नभएको भन्दैमा आराम वा विश्राम गर्दैनौ ।’– उनले भने । प्रचार, परिचालनको कामलाई निरन्तरता दिन कार्यकर्तालाई उनले आग्रह गरे । ‘हामीले काम गरेका छांै । हामीले काम गर्छौं । हामी कर्तव्यका रुपमा सेवक बनेर जनताका सरोकारका रुपमा काम गर्छौं ।’–भन्ने सन्देश घरघरमा पुगेर मतदाताहरुलाई दिनसमेत उनले आग्रह गरे ।


    यसैगरी उनले विकास आयोजनाहरु नरोकिने भन्दै अत्यावश्यक सेवामा पर्ने सबैजसो विकासका आयोजनाहरुको बजेट निकासा गर्ने प्रतिबद्धता गरेको उनले बताए । यसैगरी बमघाटमा सत्यवचनका प्रतिनिधिसँग भेटघाट कार्यक्रममार्फत् नेता पौडेलले उनीहरुका गुनासो सुन्ने काम गरेका छन् । कार्यक्रमका संयोजन घनश्याम चापागाईंले बमघाट क्षेत्रको समस्या र समाधानमा भएका ढिलाइबारे जानकारी गराएका थिए । आइतबार नै वडा नं. ९ को निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन भएको छ ।


    पौडेलले भेटघाटसँगै आफ्नो अगुवाइमा अघि सरेका योजनाको अवस्था, आगामी योजना विषय र अहिलेको अवस्थाका विषयमा मतदातालाई आफ्नो र पार्टीको दृष्टिकोणबारे प्रष्ट पार्दै आएका छन् ।


    रूपन्देही ३ मा ८१ जना युवा एमालेमा प्रवेश
    रूपन्देही क्षेत्र नं. ३ मा ८१ जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
    आइतबार उनीहरुलाई क्षेत्र नं. ३ का उम्मेदार बासुदेव  घिमिरे, पार्टी केन्द्रीय सदस्य गोमादेवी आचार्यले नवप्रवेशी युवाहरुलाई पार्टीमा स्वागतसमेत गरे ।


    रुपन्देही क्षेत्र नं. ३ को फर्साटिकरमा निर्वाचन परिचालन तथा प्रचारप्रसार कार्यालय सञ्चालनका अवसरमा उनीहरुलाई एमाले प्रवेश गराइएको हो । चुनावी प्रचारप्रसार कार्यलाई व्यवस्थित गर्न पार्टीले क्षेत्रीय निर्वाचन परिचालन कार्यालय स्थापना गरेको हो । आइतबार आयोजित कार्यालय उद्घाटन कार्यक्रममा उम्मेदवार  विभिन्न पार्टी परित्याग गरेर कृष्णबहादुर बकावल र केशव थारुको नेतृत्वमा ८१ जना युवाहरु एमाले प्रवेश गरेको पार्टीले जनाएको छ । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य आचार्यले युवाहरु परिवर्तनका संवाह भएकाले विकासप्रेमी एमालेका उम्मेवादरलाई जिताउने अभियानमा थप क्रियाशील हुन युवाहरुलाई आग्रह गरिन् । उम्मेदार बासुदेव घिमिरे काम गर्नसक्ने कर्मठ नेता भएको उल्लेख गर्दै नेतृ आचार्यले उनको नेतृत्व क्षेत्र नं. ३ ले चाहेको बताइन् । यस्तै उम्मेदवार घिमिरेले आफूले जिम्मेवारी पाउँदा काम गरेर देखाएको बताउँदै क्षेत्र नं. ३ को सन्तुलित र समन्यायिक विकासमा आफू प्रतिबद्ध रहने स्पष्ट पारे । जनमैत्री कानुन निर्माण, सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, जनजीविकामा सुधारजस्ता विषय आफ्ना चुनावी एजेण्डा रहेको उल्लेख गर्दै नेता घिमिरेले विगतको अनुभवको आधारमा आफूले क्षेत्र नं. ३ को विकासमा रचनात्मक काम गर्नसक्ने जनाएका थिए । कार्यक्रमका पार्टीका प्रदेश, जिल्ला, पालिकास्तरका नेता वक्ताहरुले बासुदेव घिमिरेको नेतृत्वमा क्षेत्र नं. ३ को विकास र समृद्धि अघि बढ्ने विश्वास व्यक्त गरे । चुनावी अभियानको क्रममा क्षेत्र नं. ३ मा आइतबार महिला भेला, विभिन्न वडामा प्रचारप्रसार कार्यालय उद्घाटन, युवा भेलाहरु भएको पार्टीले जनाएको छ ।


    उता क्षेत्र नं. ५ मा उम्मेदार खिमलाल भट्टराईले आफ्नो अभियानलाई तीव्ररुपमा अघि बढाएका छन् । क्षेत्र नं. ५ अन्तर्गत कञ्चन गाउँपालिकाको वडा नं. ३ को प्रचार कार्यालय उद्घाटन गर्दै एमाले केन्द्रीय सदस्य तथा सो क्षेत्रका उम्मेदार खिमलाल भट्टराईले एमालेले अहिलेसम्म जनताको मुद्दा उठाएरै यहाँसम्म पुगेको बताए । नेता भट्टराईले पार्टी सरकारको नेतृत्वमा रहँदा सुकुम्बासी समस्याको समाधानको अन्तिम पहल गरिरहेको समयमा देशीविदेशी षड्यन्त्रबाट आक्रमण भएको भन्दै स्थानीय धेरैले यो विषयमा जानकार रहेका र उनले सुकुम्बासी समस्या स्थायी समाधानको अभियान नै आफ्नो पार्टीले थालेको जनाएका थिए ।
    यसैगरी क्षेत्र नं. १ अन्तर्गत चुनावी अभियान जारी रहेको छ । देश विकासको लागि स्पष्ट दृष्टिकोण र योजना आवश्यक रहेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा सो क्षेत्रका उम्मेदार दधिराम न्यौपानेले बताएका छन् । उनले मुलुक बनाउने योजना र स्पष्ट दृष्टिकोण एमालेसँग मात्र रहेको दाबी गरे । नेकपा एमाले देवदह–५, को निर्वाचन परिचालन तथा प्रसार प्रसार कार्यालयको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । 


    न्यौपानेले देशको हरेक समस्या समाधान गर्ने पार्टी भनेको एमाले भएकोले सूर्यध्वजावाहक एमाले उम्मेदवारलाई जिताउने गरी लाग्न आग्रह गरे । नेता न्यौपानेले दशगंजादेखि पाल्पा जोड्ने पहुँच मार्गको योजनालाई पूर्णता दिनको लागि नेकपा एमालेले जित्न आवश्यक रहेकोमा जोड दिए । उम्मेदवार न्यौपानेले नयाँ पार्टीहरुप्रति लक्षित गर्दै सिहदरवार जलाउनेले देश बनाउन नसक्ने र नयाँ पार्टीसँग देश विकासको लागि कुनै पनि योजना, स्पष्ट दृष्टिकोण नभएको बताए । उनले नेकपा एमाले रुपान्तरणसहित निर्वाचनमा होमिएको उनको भनाइ थियो ।


    यसैगरी रुपन्देही क्षेत्र नं. ४ का उम्मेदार प्रमोद यादवले विभिन्न क्षेत्रका प्रचार कार्यालय उद्घाटनसँगै आफ्नो क्षेत्रमा रहेका प्रमुख समस्याहरुका विषयमा स्थानीयसँग पुगेका छन् । उनी अधिकांश समय मर्चवार क्षेत्रका स्थानीयका समस्या र यसको समाधानका विषयमा सुझाव संकलन गर्दै यसमा आफ्नो प्रतिबद्धतामै समय दिएको बताए ।


     ‘मर्चवारको समस्याको विषयमा मलाई जति सूभना कसैलाई छैन, यसको समाधानको उपाय पनि मैले अध्ययन गरेको छु, त्यसैले स्थानीयको साथ पाउने अपेक्षा गरेको छ ।’–उनले भनेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij