२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पर्यटन विधेयक राष्ट्रिय सभाबाट पारित

पर्यटन विधेयक राष्ट्रिय सभाबाट पारित

पर्यटन विधेयक राष्ट्रिय सभाबाट पारित

पर्यटन विधेयक राष्ट्रिय सभाबाट पारित

पर्यटन विधेयक राष्ट्रिय सभाबाट पारित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • काठमाडौं । राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित भएको छ । सोमबार बसेको सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।

    यो विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ५ वैशाख २०८२ मा ल्याएका थिए । जसलाई राष्ट्रिय सभामा दर्ता गरिएको थियो ।

    १४ वैशाख २०८२ मा राष्ट्रिय सभामा यो विधेयक प्रस्तुत गरिएको थियो । ११ साउन २०८२ मा दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको थियो । विधायन समितिले पारित गरेर सभामा लगेसँगै सभाले पनि पारित गरेको हो ।

     

    विधेयक ऐनमा रुपान्तरण भएसँगै पर्यटकीय गतिविधिको प्रवर्धन, पर्यटन उद्योगको व्यवस्थापन तथा नियमन गर्न सहज हुने सरकारको विश्वास छ । पर्यटकको हित, सुरक्षा र सुविधा अभिवृद्धि गर्ने विधेयकको उद्देश्य छ ।

    पर्यटन क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य अभिवृद्धि गर्दै राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्न पर्यटन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन भनेर ल्याइएको विधेयक राष्ट्रिय सभाबाट पारित भएको हो ।

    अब यो विधेयक नयाँ प्रतिनिधिसभा आएपछि त्यहाँ जान्छ । प्रतिनिधिसभाले समेत पारित गरेपछि पुनस् राष्ट्रिय सभामा फर्किन्छ । त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउँछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij