२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

खानेपानीको पहुँच ९८ प्रतिशत

खानेपानीको पहुँच ९८ प्रतिशत

खानेपानीको पहुँच ९८ प्रतिशत

खानेपानीको पहुँच ९८ प्रतिशत

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • बुटवल । मुलुकमा खानेपानी र सरसफाइको पहुँच ९८ प्रतिशत पुगेको छ । तर, पानीको गुणस्तर भने राम्रो छैन । परीक्षण गरिएका ६०.४ प्रतिशत घरपरिवारको पिउने पानीमा हानिकारक ई–कोली जीवाणु भेटिएको छ ।


    राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१-०८२’ को पूर्ण नतिजा प्रतिवेदन सार्वजनिक गर्दै सो कुराको जानकारी दिएको हो । स्वास्थ्य विज्ञहरुका अनुसार, ई–कोली  मानव तथा जनावरको आन्द्रामा प्राकृतिक रूपमा पाइने जीवाणु हो । अधिकांश ई. कोली हानिरहित हुन्छन् र पाचन प्रक्रियामा सहयोग गर्छन् । तर, यसको केही प्रकार जसले झाडापखाला, पेट दुख्ने, बान्ता, र कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्या समेत निम्त्याउने गर्दछ ।


    यो जीवाणु प्रायः दूषित पानी, अस्वस्थ खाना, काँचो वा राम्रोसँग नपाकेको मासु तथा फोहोर हातमार्फत् सर्छ । सुरक्षित खानेपानी प्रयोग गर्ने, खाना राम्रोसँग पकाउने र हात सफा राख्ने बानी अपनाए ई–कोलीबाट हुने संक्रमणबाट बच्न सकिन्छ ।
    देशभरका १२ हजार ९६० घरपरिवारमा पुगेर यो अध्ययन भएको हो । सर्वेक्षणको नतिजाअनुसार नेपालमा बाल मृत्युदरको अवस्थामा सुधार देखिएको छ । प्रति १००० जीवित जन्ममा शिशु मृत्यु २७ जना र पाँच वर्षमुनिका बालबालिकाको मृत्यु ३१ जना रहेको पाइएको छ ।


    प्रदेशगतरूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा मृत्युदर सबैभन्दा उच्च छ । भने बागमती र गण्डकी प्रदेशमा यो दर तुलनात्मक रूपमा कम देखिएको छ । स्वास्थ्य सेवाको पहुँचका सन्दर्भमा ८५ प्रतिशत महिलाले कम्तीमा चार पटक पूर्वप्रसूति जाँच गराएका छन् । भने ९१.४ प्रतिशत प्रसूति दक्ष स्वास्थ्यकर्मीबाट हुने गरेको पाइएको छ ।


    बाल पोषणको क्षेत्रमा अझै सुधारको आवश्यकता औंल्याउँदै प्रतिवेदनले ३१.५ प्रतिशत बालबालिकामा पुड्कोपन र २४.३ प्रतिशतमा उमेर अनुसारको तौल कमी (लिखुरे) रहेको उल्लेख गरेको छ । मधेश प्रदेशमा लिखुरेपनको समस्या सबैभन्दा बढी ३३.२ प्रतिशत छ । ६९.७ प्रतिशत आमाले ६ महिनासम्म आफ्नै दूध मात्र खुवाउने गरेका छन् । जसमा सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि छ ।


    शिक्षातर्फ आधारभूत तहमा विद्यालय बाहिर रहने बालबालिकाको संख्या न्यून रहेको तथ्यांकले देखाएको छ । माध्यमिक तहमा १३.२ प्रतिशत पुगेको देखिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij