२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नगरपालिकामा किन हुँदैछ सास्ती ?

नगरपालिकामा किन हुँदैछ सास्ती ?

नगरपालिकामा किन हुँदैछ सास्ती ?

नगरपालिकामा किन हुँदैछ सास्ती ?

नगरपालिकामा किन हुँदैछ सास्ती ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • भैरहवा । सिद्धार्थनगर नगरपालिकामा सोमबार बिहान १० बजे कार्यालय खुल्ने बित्तिकै पुगेका सेवाग्राहीले कार्यालयमा कर्मचारी भेटेनन् । कर्मचारी आउने आशाले कुरेका उनीहरु रित्तै फर्किए । 


     सिद्धार्थनगरका अधिकांश शाखाका कर्मचारी शाखा नै खाली गरेर बाहिरिएपछि सेवाग्राहीलाई सास्ती भएको हो । 
    सेवाग्राहीको  सेवालाई प्राथमिकतामा राख्नु पर्ने कर्मचारी आफू नभएपछि अख्तियारी दिएर जानुको साटो पुरै शाखा नै खाली गरेर गएको पाइएको हो । अपरान्ह २ बजे सिद्धार्थनगर कार्यालय पुग्दा एक सेवाग्राहीले बिहानैदेखि सेवाका लागि कुरेको, तर अहिलेसम्म कोही नआएको नआएको गुनासो गरे । ‘म कामले आएको सम्बन्धित शाखा नै सबै रित्तै छन्,कर्मचारी भेटिएनन् ।’– उनले भने । 


    यस्तै स्थानीय चन्द्रु कहारले जनताको सेवक भएकोले कर्मचारी र जनप्रतिनिधिहरु कार्यालय समयमा अनिवार्य रुपमा सेवा दिनु पर्ने बताउँछन् । कार्यालय समय बाहेक र अतिआवश्यक काम भए सेवा अवरोध नहुने गरी अख्तियारी दिएर जानु पर्नेमा नगरपालिका नै खाली गरेर कर्मचारी जानु राम्रो  नभएको उनले बताए । ‘कामकालागि आएको, न त मेयर साव हुनुहुन्छ, न हाकिम, पटक–पटक आएर पनि धेरै सेवाग्राही फर्केका छन् ।’– उनले भने ।


    बिहान ११ बजेदेखि २ बजेसम्मको समयमा दैनिक लुम्बिनीकर्मी कार्यालय पुग्दा नगरपालिकामा एकाध कर्मचारी बाहेका अधिकांश शाखाको कुर्सी खाली थिए । सेवाग्राहीहरु एकतिर थिए भने उपस्थित कर्मचारी पनि कहीँ खाली र मोबाइल चलाइरहेका थिए । नगरपालिकाको काम कारबाही गर्ने अधिकांश कर्मचारीहरु नभएपछि सोधखोज गर्दा केही कर्मचारी फिल्डमा भएको र केही खेलमा सहभागी हुनका लागि गएको जानकारी प्राप्त भयो । 


    कर्मचारीले सेवाग्राही कुर्नुपर्ने ठाउँमा सेवाग्राहीले कर्मचारी कुरेर बसेका थिए । तोकिएको शाखामा कर्मचारीहरु नहुँदा सेवा प्रवाह भएको थिएन । अहिले धेरै काम स्थानीय तहमा आएको हुँदा कर्मचारीको मनपरीले गर्दा स्थानीयले सास्ती पाउने गरेका छन् ।
     सेवाग्राहीको सहजताको लागि अधिक सेवा दिनुको साटो कार्यालय नै खाली गरेर कर्मचारी बाहिरीने गरेका  छन् । 


    सेवाग्राहीहरु सेवा लिन कार्यालयमा बसे पनि कर्मचारीहरु भने कार्यालय समयमा नभेटिएका हुन्, जसले पालिकाले प्रदान गर्ने सेवा प्रभावित बनेका छन् । पालिकाका अनुसार कर्मचारीमा केही समस्या छ, अन्य समयमा पनि कर्मचारीले मनपरी गर्दै आएको आरोप छ ।


    जानकारीबिनै  पनि कर्मचारीहरु अनुपस्थित हुने गरेका छन्, कार्यालयमा पुग्दा अधिकांश शाखा र फाँटमा कर्मचारीका कुर्सी खालि थिए । पालिकाको आर्थिक शाखा, स्टोर शाखालगायतको शाखामा कर्मचारी मात्रै थिए भने अन्य शाखामा कार्यालय सहायक र तल्लो तहको कर्मचारीहरु मात्रै रहेको पाइएको हो । 


    सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा अधिकारीले बिहान कार्यालय समयमा आउँदा २–३ वटा शाखामा मात्रै कर्मचारीहरु थिए, कोही कार्यालय आएर बाहिर गएको जस्तो भयो, तर दिउँसोमा पनि कर्मचारीहरु नदेखिएको बताइन । उनले केही कर्मचारीहरु मायादेवीमा खेल महोत्सव रहेकोले त्यहाँ गएको उनले बताइन्  । 


    अनुगमन प्रमुख समेत रहेकी उप–प्रमुख अधिकारीले प्रत्येक शाखामा सेवा अवरोध नहुने गरी सहजीकरण गरेर जानुपर्ने हो, यसमा कमिकमजोरी भएको जनाइन् । 


    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले मायादेवी गाउँपालिकाले कर्मचारीबिच भाइचारा र मनोबल वृद्धि गर्नका लागि जिल्लास्तरीय कर्मचारीहरु बिच क्रिकेट प्रतियोगिता आयोजना गरेकोले विगत ३ दिनदेखि खेलाडी र व्यवस्थपनको टिममा खटिएको र २ बजेपछि सेवा दिएको बताए । सेवाग्राहीलाई असुविधा हुने, काम अवरुद्धको सन्दर्भमा आलोपालो गएर जाने व्यवस्था मिलाएको बताउँदै उनले बन्दोबस्ती मिलाएर शाखाको काम कारबाहीलाई असर नपर्ने गरी आवश्यक कर्मचारी मात्रै जानका लागि प्रशासन महाशाखालाई आदेश गरेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij