२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रूपन्देही उद्योग संघमा सः मिल वस्तुगत समिति गठन

रूपन्देही उद्योग संघमा सः मिल वस्तुगत समिति गठन

रूपन्देही उद्योग संघमा सः मिल वस्तुगत समिति गठन

रूपन्देही उद्योग संघमा सः मिल वस्तुगत समिति गठन

रूपन्देही उद्योग संघमा सः मिल वस्तुगत समिति गठन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ २८ २०८२
बुधवार, माघ २८ २०८२
  • बुटवल । रूपन्देही उद्योग संघमा आबद्ध सः मिल उद्योगीहरूको भेलाले मंगलबार सः मिल वस्तुगत समिति गठन गरेको छ ।
     संघमा आबद्ध विभिन्न वस्तुगत उद्योगीहरूको भेलाबाट छुट्टाछुट्टै वस्तुतगत समिति गठन गर्ने वार्षिक कार्ययोजना बमोजिम  सः मिल वस्तुगत समिति गठन गरिएको हो । संघका  प्रथम उपध्यक्ष एवम् कार्यक्रम संयोजक हरिबहादुर खत्रीको अध्यक्षतामा आयोजित भेलामा संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । 


    भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष पराजुलीले विभिन्न प्रकृतिका उद्योगहरूका समस्यालाई एकीकृत गर्ने र समस्या समाधानका लागि संघबाट पहल गर्न सहज हुने हुँदा संघमा आबद्ध उद्योगीहरूको प्रकृतिअनुसार छट्टाछुट्टै भेलाको आयोजना गरी आ—आफ्ना क्षेत्रका अनुभव र समस्याहरूलाई संघसम्म ल्याई पुरयाउन विगत लामो समयदेखि वस्तुतग समिति गठन गर्ने कार्यक्रम जारी रहेको बताए । उनले संघका गतिविधिहरूलाई सफल बनाउन वस्तुगत समितिहरूको क्रियशिलता र जिम्मेवारी अत्यन्तै ठूलो रहेको समेत जनाए । 


    सःमिल उद्योगीहरूको भेलाले दिक्षा सःमिलका हीरा बहादुर के.सीको संयोजकत्वमा ७. सदस्यीय सःमिल वस्तुगत समिति गठन गरेको छ । गठित समितिको सहसंयोजकमा दाउन्ने सःमिलका हरिप्रसाद भण्डारी, सचिवमा आश्मा एण्ड आयुषा सःमिलका भुन्नुर प्रसाद थारू, सदस्यहरूमा  सापकोटा सः मिलका सुरेन्द्र सापकोटा, जय सन्तोषी माँ सः मीलका सन्तोषकुमार जैसवल, सौगात सःमिल एण्ड फर्निचरका सन्दिप ढुंगाना र नव पोखरेल सःमिलका शंकर पोखरेल रहेका छन् । भेलाले समितिको सल्लाहकारहरूमा संघका प्रथम उपाध्यक्ष हरिबहादुर खत्री, कार्यसमिति सदस्य तेजप्रसाद पराजुली, नेपाल वनपैदबर उद्योग व्यवसाय संघ रूपन्देहीका अध्यक्ष नवलकिशोर सिंह ,वरिष्ठ उद्योगी  वसन्त  रोक्का र कुसुम खनाललाई चयन गरेको छ । 


    भेलामा प्रतिबद्धता मन्तव्य राख्दै  हिराबहादुर केसीले आफूलाई विश्वास गरी संयोजकको जिम्मेवारी दिनु भएकोमा रूपन्देही उद्योग संघ तथा सः मिल उद्योगीहरू प्रति आभार व्यक्त गर्दै सः मिल उद्योग संचालनमा आएका कठिनाईहरूलाई समाधानका लागि सम्बन्धित निकायमा पहलका लागि रूपन्देही उद्योग संघमार्फत् क्रियाशिल रहने भनाइ व्यक्त गरेका थिए । संघका द्वितीय उपाध्यक्ष युवराज आचार्यले धन्यवाद ज्ञापन गरेका थिए । 


    महासचिव सुमन बस्यालको सञ्चालनमा सम्पन्न भेलामा नेपाल वनपैदाबर उद्योग व्यवसाय संघ रूपन्देही का अध्यक्ष नवलकिशोर सिंहले शुभकामन मन्तव्य दिएका थिए । संयोजक हरिबहादुर खत्रीले स्वागत गर्दै कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । भेलामा संघका कोषाध्यक्ष विशाल बेलबासे, सचिव  अशोक कुँवर, कार्यसमिति सदस्य तेजप्रसाद पराजुली एवम् सःमिल उद्योगीहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij