२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

होटलबाट युवायुवती पक्राउ, धकधईका सटर बन्द

होटलबाट युवायुवती पक्राउ, धकधईका सटर बन्द

होटलबाट युवायुवती पक्राउ, धकधईका सटर बन्द

होटलबाट युवायुवती पक्राउ, धकधईका सटर बन्द

होटलबाट युवायुवती पक्राउ, धकधईका सटर बन्द
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ २८ २०८२
बुधवार, माघ २८ २०८२
  • भैरहवा । रूपन्देहीको धकधई र भैरहवामा संयुक्त अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमनटोली रोहिणी गाउँपालिकाको धकधई क्षेत्र र सिद्धार्थनगरको भैरहवा क्षेत्रमा अवस्थित मासु पसल, सुनचाँदी पसल, खाद्यन्न किराना, कस्मेटिक, होटललगायतमा अनुगमन गरिएको हो । 


    जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालय, वाणिज्य कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, सिद्धार्थनगर नगरपालिका तथा पत्रकारहरूको सहभागितामा भएको अनुगमनमा अधिकांश पसल दर्ता नभएको, मापदण्ड नपुगेको, न्यूनतम मापदण्डहरू पनि पालना नगरेको पाइएकोले केहीलाई सचेत गराइएको र केही बन्द गराइएको अनुगमन समिति संयोजक सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए ।   


    संयुक्त अनुगमनको क्रममा धकधई बजारमा अनुगमन गर्दा केही पसलहरू बन्द गरेर भागेको समेत पाइएकोले ती पसलको निगरानी बढाउन स्थानीय प्रशासनलाई आदेश गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएको सामान समेत फेला परेकोले त्यसलाई तत्काल नष्ट गरिएको र केही पसलहरूमा व्यावसायिक मूल्यमान्यताविपरीतका गतिविधि भएको पाइएकोले व्यवसायीलाई सचेत बनाउने, चेतावनी दिने जस्ता प्रवद्र्धनात्मक कार्यहरू समेत गरिएको थियो । भैरहवास्थित हाटबजार लाइनका रहेका मासु पसलहरूमा खाद्य स्वच्छताको मापदण्डविपरीत भण्डारण तथा बिक्री वितरण गरेको पाइएको थियो । ति पसलहरूमा सुरक्षित तबरले बिक्री वितरण गर्दा अपनाउनुपर्ने न्यूनतम् व्यवसायिक मापदण्डबारे सचेत गराएको छ । 
    भैरहवाको बसपार्कमा अवस्थित एक होटल र डान्सबारमा पनि अनुगमन गरिएको छ, जसका सञ्चालक र केही युवा युवतीलाई पनि नियन्त्रणमा लिई सोधपुछ गरिएको छ । 


    कतिपय पसलहरू दर्ता नगरेको, कतिपयले नविकरण नगरेको, सरसफाइमा चरम लापरबाही र मापदण्ड नपुगेकोले समयसीमा तोकी केही पसल बन्द गरी मापदण्डमा आउनका लागि सचेत पनि गराइएको छ । मासु बाहिर नराख्न, बिक्री गर्ने स्थलको सफाइमा विशेष ध्यान दिन, बिक्रीस्थल व्यवस्थापन गर्न समेत व्यवसायीलाई अवगत गराइएको संयुक्त अनुगमन टोलीले जनाएको छ ।


    अनुगमन टोलीले शाइन बोर्ड, दर्ता नविकरण, म्याद गुज्रेको सामग्री, मूल्यसूची, लेबलिङ प्याकेजिङ, खरिद बिक्री बिल, गुणस्तर, खाद्य अनुज्ञा पत्र, नापतौल प्रमाण पत्र, सरसफाइ, यस अघिको निर्देशन, मासु पसलको मापदण्ड पालना भए नभएको निरीक्षण गरिएको थियो ।  


    ‘अनुगमन मात्रै सबै नभएको भन्दै उपभोक्तहरू पनि सचेत हुन जरूरी रहन्छ । यो संयुक्त बजार अनुगमन कडाइका साथ नियमित रूपमा गरिने छ । समयावधिमा समेत सुधार नपाइए आवश्यक कानुनी प्रक्रिया अवलम्बन गरिने छ ।’–सहायक प्रमुख जिल्ला अधिकारी पाध्याले भने ।


    समितिले नियमित रूपले अनुगमन गर्दै आएको छ, विभिन्न माध्यमले आएको उजुरी, गुनासोका  आधारमा समेत यि अनुगमनहरू हुने गरेका छन् । बढी खपत हुने खाद्यवस्तु, माछामासु, लत्ताकपडा, भाँडावर्तन, फलफूल, तरकारी, मदिरा, वस्तुगत विज्ञ रहने संयुक्त बजार अनुगमन टोलीले यातायात, राजमार्गका होटल तथा रेस्टुराँ, पसल,  दूध, पानी, मिठाइलगायतको अनुगमन गर्दै आएको छ । 


    संयुक्त रूपमा अनुगमन गर्दा परिणाममा देखाउन सकिने र उपभोक्ताले पनि महसुस गर्न सक्ने भएकाले संयुक्त बजार अनुगमनलाई प्रशासनले जोड दिँदै आएको छ  । कालोबजारी, खाद्य मिसावट, गुणस्तरहीन वस्तुको बिक्रीवितरण हुन सक्ने सम्भावनलाई विशेष निगरानी गर्न पनि संयुक्त रूपमा बजार अनुगमन गर्न जरूरी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij