बर्दघाट । बर्दघाट नगरपालिकामा ईलाका प्रहरी कार्यालयद्वारा आयोजित निर्वाचन प्रहरी लक्षित सर्पदंश चेतना कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा संरक्षणकर्मी राज अधिकारी र सर्प उद्धारकर्मी तथा समाजसेवी दुर्गा लामिछानेले सर्प पहिचान तथा सर्पदंश रोकथाम र व्यवस्थापन सम्बन्धी तालिम दिए । कार्यक्रममा २४७ जना निर्वाचन प्रहरीको सहभागिता रहेको थियो ।
नवलपरासी पश्चिम बर्दघाट इलाका प्रहरिका इन्स्पेक्टर कृष्ण डाङीले यस्ता तालिमहरुको महत्वका बारेमा प्रकाश पार्दै सर्प संरक्षणमा लाग्नुभएका संरक्षणकर्मी अधिकारी तथा लामीछानेको कार्यको प्रशंसा समेत गरे ।
यस्ता कार्यक्रमहरूले सर्प र मानवबीचको द्वन्द्वलाई न्यूनिकरण गरि सर्पदंशबाट हुने क्षतिलाई कम गर्दै सर्प संरक्षणमा समेत टेवा पुर्याउन हरेकलाई सक्षम बनाउने सर्प उद्दारकर्मी लामिछानेले बताए । विशेषगरि तराइ क्षेत्रका स्थानिय तहमा सर्पदंश सचेतनाका लागि यस्ता कार्यक्रमहरू आयोजना भइरहनुपर्ने उनको भनाई छ ।




