२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा खाद्यको अनुगमन : खाद्य रङ प्रयोग नगर्न र सरसफाइ सुधार्न निर्देशन

बुटवलमा खाद्यको अनुगमन : खाद्य रङ प्रयोग नगर्न र सरसफाइ सुधार्न निर्देशन

बुटवलमा खाद्यको अनुगमन : खाद्य रङ प्रयोग नगर्न र सरसफाइ सुधार्न निर्देशन

बुटवलमा खाद्यको अनुगमन : खाद्य रङ प्रयोग नगर्न र सरसफाइ सुधार्न निर्देशन

बुटवलमा खाद्यको अनुगमन : खाद्य रङ प्रयोग नगर्न र सरसफाइ सुधार्न निर्देशन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण १ २०८२
शुक्रवार, फाल्गुण १ २०८२
  • बुटवल । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले बुटवलमा विद्यालय, क्याम्पस र अस्पतालका क्यान्टिनहरूको अनुगमन गर्दा कतिपय स्थानमा खाद्य सुरक्षासम्बन्धी कमजोरी भेटिएको जनाएको छ। 

    कार्यालयका खाद्य अनुसन्धान अधिकृत जोत्स्ना शर्मा अधिकारीका अनुसार अनुगमन टोलीले कालिका मानवज्ञान मावी, नवीन औधोगिक कदरबहादुर रिता मावी र लुम्बिनी बाणिज्य क्याम्पसका क्यान्टिन निरीक्षण गर्दा खानामा फुड कलर प्रयोग गरिएको पाइएको छ। ती संस्थालाई सरसफाइमा विशेष ध्यान दिन तथा खाद्य सामग्री सुरक्षित तरिकाले प्रयोग गर्न निर्देशन दिइएको उनले जानकारी दिइन्।

    यसैगरी टोलीले लुम्बिनी प्रादेशिक अस्पताल र सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दाका क्यान्टिन पनि अनुगमन गरेको थियो। अस्पताल क्यान्टिनमा सरसफाइ सुधार गर्न निर्देशन दिइनुका साथै आम्दा अस्पतालको क्यान्टिन सानो भएकाले विस्तार गर्न सुझाव दिइएको बताइएको छ।

    अनुगमनमा सहभागी मानव अधिकार तथा उपभोक्ता मञ्चका केन्द्रीय उपाध्यक्ष तेज कुमार पाठकले पकाइसकेपछि मात्र प्रयोग गर्न मिल्ने खाद्य रङ पहिले नै प्रयोग गर्दा क्यान्सरको जोखिम बढ्ने भएकाले त्यस्ता पदार्थ प्रयोग नगर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको बताए।

    टोलीमा माइक्रोबायोलोजिस्ट प्रतिभा सुवेदी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षक कार्यालय रुपन्देहीका प्रतिनिधि सौगात ज्ञवाली, पत्रकार लगायतको सहभागिता रहेको थियो। अनुगमन भैरहवास्थित कार्यालयको नेतृत्वमा गरिएको हो।कार्यालयले आगामी दिनमा पनि रुपन्देही जिल्लाभर नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij