२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अध्यागमनसम्बन्धी नयाँ विधेयक तर्जुमाको चरणमा छ : गृहमन्त्री अर्याल

अध्यागमनसम्बन्धी नयाँ विधेयक तर्जुमाको चरणमा छ : गृहमन्त्री अर्याल

अध्यागमनसम्बन्धी नयाँ विधेयक तर्जुमाको चरणमा छ : गृहमन्त्री अर्याल

अध्यागमनसम्बन्धी नयाँ विधेयक तर्जुमाको चरणमा छ : गृहमन्त्री अर्याल

अध्यागमनसम्बन्धी नयाँ विधेयक तर्जुमाको चरणमा छ : गृहमन्त्री अर्याल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण १ २०८२
शुक्रवार, फाल्गुण १ २०८२
  • काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमनसम्बन्धी नयाँ विधेयक तर्जुमाको चरणमा रहेको बताएका छन् ।

    शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले अध्यागमन प्रशासनलाई थप व्यवस्थित बनाउन सरकारले सुधारका प्रयास गरिरहेको भन्दै यससम्बन्धी नयाँ विधेयक तर्जुमाको चरणमा रहेको बताएका हुन् ।

    अध्यागनम सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन कर्मचारीलाई प्रशिक्षित गरिएको जानकारी उनले दिए । अध्यागमनसम्बन्धी विधेयकको मस्यौदामा समितिको प्रतिवेदनले औँल्याएका विषय समावेश गरिने उल्लेख गरिने उनले बताए ।

    उनले नेपालमा प्रवेश गर्ने विदेशी नागरिकको दायित्व, सुपरिवेक्षण लगाएतका बिषय नयाँ विधेयकको मस्यौदामा उल्लेख रहेको बताए ।

     

    बैठकले अध्यागमन ऐन सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदनलाई स्वीकृत गर्दै प्रतिवेदनमा समावेश भएका सुझावलाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij