२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाल्पामा निर्वाचन प्रहरीको नमूना काम

पाल्पामा निर्वाचन प्रहरीको नमूना काम

पाल्पामा निर्वाचन प्रहरीको नमूना काम

पाल्पामा निर्वाचन प्रहरीको नमूना काम

पाल्पामा निर्वाचन प्रहरीको नमूना काम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण ३ २०८२
आइतवार, फाल्गुण ३ २०८२
  • कृष्ण पोखरेल 
    पाल्पा
    अहिले देशभरी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी  बढिरहेको छ । निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन विभिन्न सुरक्षा निकाय दिनरात खटिरहेका छन्, तर, पाल्पामा खटिएका निर्वाचन प्रहरीले आफ्नो व्यावसायिक जिम्मेवारीसंगै  मानवीय सेवामा खटिएका छन् ।  निर्वाचनको सुरक्षाको जिम्मेवारीसंगै  रक्तदानमार्फत् बिरामीको ज्यान बचाउने पवित्र कार्यमा  पाल्पाका निर्वाचन प्रहरीले हात बढाएका हुन् । 


    एक महिने जागिरमा भर्ना भएका पाल्पाका निर्वाचन प्रहरीले देखाएको मानवसेवा कार्य देशमै नमूना बनेको छ । बिहानदेखि साँझसम्म निर्वाचन सुरक्षाको बारेमा तालिम तथा प्रशिक्षणमा खटिएका निर्वाचन प्रहरीले शनिबार समय मिलाएर रक्तदान कार्यक्रममा सहभागी भएका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाको समन्वयमा र नेपाल रेडक्रस सोसाइटी पाल्पाको प्राविधिक सहयोगमा प्रहरी कार्यालय परिसरमै रक्तदान कार्यक्रम आयोजना गरियो ।  निर्वाचनको सुरक्षाको तालिममा सहभागी २५ जना निर्वाचन प्रहरीले स्वेच्छिक रक्तदान गरी सामाजिक सेवामा नमूना काम गरेका छन् ।  निर्वाचन सुरक्षामा खटिन पाउँदा गौरव लागेको थियो, त्यसमाथि रक्तदान गरेर कसैको ज्यान बचाउन पाउँदा झनै खुसी लागेको रक्तदानमा सहभागी निर्वाचन प्रहरी कमल भट्टराई बताए । 


    प्रहरीको मुख्य उद्देश्य निर्वाचनलाई शान्तिपूर्ण बनाउनु हो,  नागरिकको सुरक्षासँगै नागरिकको जीवन बचाउनु प्रहरीको अर्काे  धर्म हो ।  निर्वाचन प्रहरीले देखाएको यो मानवीय भावनाले प्रहरी र नागरिकबिचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ । निर्वाचन प्रहरीले रक्तदानमा देखाएको सक्रियता   समुदाय प्रहरीको  आपसी सहकार्यबाटै शान्तिपूर्ण समाजको निर्माणको बाटो देखाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले बताए । 


    पाल्पामा लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल र पाल्पा अस्पताल गरी तीनवटा ठूला अस्पतालहरू सञ्चालनमा छन् ।  यी अस्पतालहरूमा दैनिक हुने जटिल शल्यक्रिया, सुत्केरी व्यथा र विभिन्न सडक दुर्घटनाका घाइतेहरूको उपचारका लागि रगतको माग उच्च रहने गरेको छ । जिल्लामै रगत व्यवस्थापनको लागि रेडक्रस पाल्पाले गएको भदौ महिनादेखि तानसेनमा रक्त सञ्चार केन्द्र सञ्चालन गरेको छ ।   तथ्याङ्कअनुसार पाल्पामा दैनिक १० युनिट, मासिक ३ सय युनिट र वार्षिक रूपमा करिब ३ हजार ६ सय युनिट रगतको आवश्यकता पर्दछ, यस्तो अवस्थामा सुरक्षाकर्मीले गरेको यो योगदानले रगतको अभाव टार्न ठूलो सहयोग पु¥याएको जिल्ला रेडक्रस पाल्पाका कार्यालय प्रमुख विनोद भारतीले बताए । 


    पाल्पाका निर्वाचन प्रहरीले रगतको अभावमा छटपटाइरहेका बिरामीहरूका लागि ‘जीवनदाता’ बनेर नयाँ पहिचान बनाएका छन् । पाल्पाका २५ जना निर्वाचन प्रहरीले गरेको  रगतको दान मात्र होइन, यो मानवसेवाको नमूना कार्य हो ।  निर्वाचनको सुरक्षा चुनौतीका बिच समय निकालेर समाजका लागि केही गरौं भन्ने भावना आफैंमा प्रशंसनीय  रहेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनमा निर्वाचन प्रहरीले  शान्ति सुरक्षा  प्रदान त  गर्ने नै छन्, त्यसैगरी उनीहरूले गरेको रगत दानले धेरैको जीवनलाई सुनिश्चित बनाएको छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij