२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलको ६७औँ स्थापना दिवसः विकास योजना र उपलब्धि सार्वजनिक

बुटवलको ६७औँ स्थापना दिवसः विकास योजना र उपलब्धि सार्वजनिक

बुटवलको ६७औँ स्थापना दिवसः विकास योजना र उपलब्धि सार्वजनिक

बुटवलको ६७औँ स्थापना दिवसः विकास योजना र उपलब्धि सार्वजनिक

बुटवलको ६७औँ स्थापना दिवसः विकास योजना र उपलब्धि सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण ३ २०८२
आइतवार, फाल्गुण ३ २०८२
  • बुटवल । बुटवल उपमहानगरपालिकाको ६७औँ स्थापना दिवसका अवसरमा नगर प्रमुखले शहरको ऐतिहासिक महत्व स्मरण गर्दै हालसम्मका उपलब्धि र आगामी विकास योजना सार्वजनिक गरेको छ । 

    उपमहानगरमा आयोजना गरिएको स्थापना दिवसमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले हालसम्मका उपलब्धि र आगामी विकास योजना सार्वजनिक गरेका हुन् ।

    उनले बुटवललाई पहाड–तराईको मुख्य व्यापारिक केन्द्र तथा कर्मवीरहरूको शहरका रूपमा वर्णन गर्दै जितगढी किल्ला लगायत ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन विकासमा जोड दाबी गरे । 

    उपमहानगरले ३९ विद्यालयमा भौतिक सुधार, २४ विद्यालयमा आईसिटि ल्याब स्थापना तथा १,२९९ विद्यार्थीलाई छात्रवृत्ति र २,७९३ विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गरेको उनले बताए ।

    १८ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् भने ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको बताउँदै नगरप्रमुख पाण्डेयले महिलाहरूका लागि क्यान्सर परीक्षण, किशोरीहरूलाई खोप र सुत्केरी पोषण सहयोग कार्यक्रम पनि सञ्चालन गरिएको बताए । 

    उनले ७० किलोमिटर सडक कालोपत्रे, ४० किलोमिटर ग्राभेल, ३० किलोमिटर नाली निर्माण तथा ६८ स्थानमा हाइमास्ट लाइट जडान गरिएको बताउँदै ट्राफिक चोकहरूमा ट्राफिक लाइट, सार्वजनिक स्थानमा फ्रि वाइफाइ र सिसिटिभि जडान गरिएको जानकारी गराए । भूमिहीन तथा अव्यवस्थित बसोबासीको १० हजारभन्दा बढी घरधुरीको नापजाँच प्रक्रिया अगाडि बढाइएको बताए । 

    आधुनिक बसपार्क, नदी किनार पर्यटन, धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास, स्मार्ट सेवा प्रणाली र “आहा बुटवल” अभियानमार्फत सुशासन तथा सेवा सुधारलाई प्राथमिकता दिइने उनले दाबी गरे । 

    ३५५ युवालाई सीपमूलक तालिम, रोजगारी कार्यक्रममार्फत हजारौँ कार्यदिन सिर्जना तथा १,०६४ नयाँ फर्म दर्ता गरिएको बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेबी अर्यालले बताईन् ।

    उनले कृषकलाई उन्नत बीउ र पशुपालन अनुदान उपलब्ध गराइएको बताउँदै मोतिपुर औद्योगिक क्षेत्र सञ्चालन, कृषि व्यावसायिक केन्द्र र व्यवसायमैत्री बजार विस्तारलाई प्राथमिकतामा राखिएको बताईन् । 

    कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पश्चिम नेपाल बस व्यवसायी समितिका अध्यक्ष दधि खरेल, कान्ती मावि व्यवस्थापन समिति अध्यक्ष जिवन ओझा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश, उपमहानगरपालिकाका योजना शाखा प्रमुख अधिकृत ठगिश्वर पोखरेल लगायतले बोलेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij