२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

विश्वप्रकाशको दाबी- अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री कोही बन्न पाउन्न

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण ४ २०८२
सोमवार, फाल्गुण ४ २०८२
  •  काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री बन्न नपाउने दाबी गरेका छन् । सोमबार लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले कांग्रेसले अब दुई पटकभन्दा बढी कसैलाई प्रधानमन्त्री नबनाउने दाबी गरेका हुन् ।

    ‘कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी एकरदुईरतीनरचार को नीति संविधानमा अंकित गर्नेछौँ,’ उपसभापति शर्माले भने, ‘अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन् ।’

    कांग्रेस बदलिएर आएको कुरा बुझेका मतदाताले फागुन २१ को निर्वाचनमा जित दिलाउने पनि उनले विश्वास व्यक्त गरे । ‘देश जान्दछ, कांग्रेस बदलिएको छ । र, यो पनि देश जान्दछ- जो बदलिनसक्छ उसैले बदल्न सक्छ,’ उपसभापति शर्माले भने ।

    देशको शासनमा गर्नुपर्ने सुधारबारे कांग्रेसले केस्राकेस्रा केलाएको उनले बताए । जेनजी विद्रोहको भावनाबमोजिम सुधार, परिमार्जन र समग्रमा परिवर्तनलाई कांग्रेसले नै सम्भव बनाउने उनले दाबी गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij