२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भैरहवा लुम्बिनी गेट नजिकै विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला

भैरहवा लुम्बिनी गेट नजिकै विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला

भैरहवा लुम्बिनी गेट नजिकै विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला

भैरहवा लुम्बिनी गेट नजिकै विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला

भैरहवा लुम्बिनी गेट नजिकै विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण ५ २०८२
मंगलवार, फाल्गुण ५ २०८२
  • भैरहवा । रुपन्देहीको भैरहवा स्थित लुम्बिजी गेट नजिकै विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।
    ओम बाबा पेट्रोल पम्प नजिक आज बिहान शंकास्पद वस्तु भेटिएको हो । शंकास्पद बस्तुमा कालो टेपले बाधेर नेकपा बहुमतको बन्द  सफल पारौ भनेर लेखिएको उक्त बस्तु सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरी निष्कृय पारेको छ ।
    विहान ५ बजे स्थानीयले देखेपछि प्रशासनलाई जानकारी गराएका थिए । लुम्बिनी गेट नजिकै राखिएको शंकास्पद बस्तु विहान साढे ७ बजे डिस्पोज नेपाली सेनाको टोली गरेको हो । 
    सडक नजिकै राखिएको शंकास्पद वस्तु बम नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिए । 
    क्यानमा माटो र ढुंगा राखिएको अवस्थामा बाहिरबाट टेपले टालेको अवस्थामा फेला परेको थियो । कस्ले राख्यो भन्ने बारे अनुसन्धान भइरहेको छ । उनीहरूको पहिचान गरी खोजीको प्रयास भइरहेको छ । 
    नेपाल बन्दको घोसणा गरेकोले सम्भवत सार्वजनिक ठाउमा त्रासको लागि राखेको हुन सक्ने अनुमान छ । विना कुनै क्षति डिस्पोज गरिएको छ । अहिले अवस्था सामान्य बनेको छ । 
    फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने भन्दै नेकपा बहुमतले बन्द आह्वान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भने भोलि मँगलबार नियमितकै जसरी निर्वाधरुपमा सञ्चालन हुने बताएको छ । आवश्यक सुरक्षा व्यवस्थाका लागि सरकार तयार रहेको बताउँदै बजार, पसल, विद्यालय तथा कलकारखाना निर्वाध रुपमा सञ्चालन गर्न र नेपाल बन्दको भ्रममा नपर्न आग्र गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij