२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अहिलेको निर्वाचन दक्षिणपन्थी र अग्रगामीबिचको प्रतिस्पर्धा होः वर्षमान पुन

अहिलेको निर्वाचन दक्षिणपन्थी र अग्रगामीबिचको प्रतिस्पर्धा होः वर्षमान पुन

अहिलेको निर्वाचन दक्षिणपन्थी र अग्रगामीबिचको प्रतिस्पर्धा होः वर्षमान पुन

अहिलेको निर्वाचन दक्षिणपन्थी र अग्रगामीबिचको प्रतिस्पर्धा होः वर्षमान पुन

अहिलेको निर्वाचन दक्षिणपन्थी र अग्रगामीबिचको प्रतिस्पर्धा होः वर्षमान पुन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण ८ २०८२
शुक्रवार, फाल्गुण ८ २०८२
  • नवीन लोचनमगर
    रोल्पा
    रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले आगामी फागुन २१ गते हुने निर्वाचन दक्षिणपन्थी र अग्रगामीबिचको प्रतिस्पर्धा भएको बताएका छन् । बिहीबार रोल्पाको लिबाङमा आयोजित पत्रकार भेटघाटमा बोल्दै पुनले एकथान सांसद र सरकार बनाउने मात्रभन्दा पनि ठुलो वैचारिक दिशा दिनसक्ने सामथ्र्यसहित अहिलेको निर्वाचन भइरहेको बताए ।


    ‘अहिलेको निर्वाचन सामान्य निर्वाचन होइन । एकथान सांसद र एकथान सरकार बनाउने निर्वाचन मात्र होइन । वैचारिक रुपले पनि ठुलो डिपार्चर हुने देखिन्छ,’ पुनले भने–‘दक्षिणपन्थीले जित्यो भने अहिलेसम्म प्राप्त उपलब्धि, जनताका अधिकारहरु खोसिने खालको सम्भावना पनि छ । तर जनपक्षीय नेतृत्वले जित्यो भने अझ अगाडि जाने, सुशासन, समृद्धि, राष्ट्रिय स्वाधिनता, सामाजिक न्याय कायम गर्दै समाजवादतिर जाने सम्भावना पनि छ ।’


    नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेताका रुपमा समेत चिनिने वर्षमा पुनले कांग्रेस–एमाले जस्तो पुरानो अतिवादी पार्टीहरु अब स्वीकार्य नभएको बताएका छन् । 


    ‘कांग्रेस एमाले जस्तो पुरानो अतिवादी पार्टीहरु छन्, जसले अहिलेकै पर्याप्त छ, अहिलेकै राज्य दोहन, भ्रष्टाचार, विचौलिया, दलाल अर्थतन्त्रलाई ठीकै मान्ने, थोरै मान्छेले मजाले लुट्ने र ठुलो संख्याले हेरेर बस्ने यस्तो प्रवृत्तिको हामी विरोधी हौं । त्यसअर्थमा यथास्थितिवादको हामी विरोधी हौं ।’– पुनले भने । दक्षिणपन्थी, यथास्थितिवादी र अग्रगामी शक्तिबिचको परीक्षण गर्ने पनि अहिलेको निर्वाचन भएको उनको भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij