२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जितगढीमा रूपन्देही–२ का उम्मेदवारसँग नागरिक अन्तरक्रिया

जितगढीमा रूपन्देही–२ का उम्मेदवारसँग नागरिक अन्तरक्रिया

जितगढीमा रूपन्देही–२ का उम्मेदवारसँग नागरिक अन्तरक्रिया

जितगढीमा रूपन्देही–२ का उम्मेदवारसँग नागरिक अन्तरक्रिया

जितगढीमा रूपन्देही–२ का उम्मेदवारसँग नागरिक अन्तरक्रिया
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण ८ २०८२
शुक्रवार, फाल्गुण ८ २०८२
  • बुटवल  । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरूले बुटवलस्थित ऐतिहासिक जितगढी किल्लाको माटोको टिका लगाउँदै राष्ट्रिय स्वाधीनताको पक्षमा दृढतापूर्वक उभिने सामूहिक प्रण गरेका छन् । 


    नागरिक मञ्च अभियान नेपालले आयोजना गरेको ‘आसन्न निर्वाचन र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयकजितगढीमा रूपन्देही–२ का उम्मेदवारसँग नागरिक अन्तरक्रिया  कार्यक्रममा सहभागी उम्मेदवारहरूले जितगढीको माटो मुठ्ठीमा लिएर राष्ट्रहित, राष्ट्रियता र स्वाधीनताको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
    कार्यक्रममा अभियानका अध्यक्ष पदम कार्कीले आसन्न निर्वाचनको सन्दर्भ र राष्ट्रिय स्वाधीनताको सवालबारे आफ्नो अवधारणा प्रस्तुत गरेका थिए । प्रस्तुत अवधारणामाथि सहभागी उम्मेदवार तथा अतिथिहरूले ऐक्यबद्धता जनाउँदै राष्ट्रियता कमजोर हुने कुनै पनि गतिविधिको प्रतिवाद गर्ने धारणा राखेका थिए ।


    अन्तत्र्रिmयामा नेकपाका उम्मेदवार सुवास पाण्डे (विश्वदिप) ले देशमा भएका परिवर्तनलाई संस्थागत गर्दै राष्ट्रियता अप्ठ्यारोमा परेको बेला सबै देशभक्त शक्ति एकजुट हुनुपर्ने बताए । प्रगतिशील लोकतान्त्रिक पार्टीका नारायण नागिला ले अवधारणापत्रप्रति समर्थन जनाउँदै चुनाव जिते वा हारे पनि राष्ट्रियता र स्वाधीनताको लडाइँमा अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गरे । 


    उज्यालो नेपाल पार्टीका ई. सुरज पाण्डे ले आफूहरू बोल्नभन्दा काम गर्न आएको उल्लेख गर्दै स्वाधीनतालाई खतरामा पार्ने कुनै कार्य नगर्ने स्पष्ट पारे । नेकपा (माओवादी)का वीरेन्द्र विक ले प्रतिबन्धको समयदेखि नै पार्टीले राष्ट्रियता र स्वाधीनताको पक्षमा संघर्ष गर्दै जेल–नेल व्यहोरेको स्मरण गराउँदै चुनावमा देशभक्ति र स्वाधीनताको पक्षमा बोल्ने उम्मेदवारलाई मत दिन आग्रह गरे । 


    स्वतन्त्र उम्मेदवार एवम् अभियन्ता निकोलस भुषालले नेपाल स्वर्गको टुक्राजस्तो सुन्दर देश भएको उल्लेख गर्दै देश निर्माणका लागि सबै नागरिक एकजुट हुनुपर्ने बताए । 


    राष्ट्रिय जनमोर्चाका लिलाबहादुर केसीले देशलाई संघीयतामा लैजाँदा स्वाधीनता कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै देश बचाउने कि सक्काउने भन्ने निर्णायक घडी आएको बताए ।


    कार्यक्रममा खबर गरिए पनि नेकपा एमालेका विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नु पौडेल र रास्वपाका सुलभ खरेल उपस्थित नभएको आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन शिव डुम्रेले गरेका थिए भने स्वागत मन्तव्य ज्ञानु केसीले राखेकी थिइन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij