२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

काठमाडौँ जादै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको मृत्यु, २४ घाइते

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण ११ २०८२
सोमवार, फाल्गुण ११ २०८२
  • बुटवल ।  पोखराबाट काठमाडौँ जादै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २४ यात्री घाइते भएका छन्।

    आज (सोमबार) बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो।

    हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए।

    घाइते २४ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको उहाँले जानकारी दिए।

    मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ। दुर्घटनाको कारण खुलेको छैन।

    घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ।

    उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको उहाँले जानकारी दिए। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij